बागलुङ, ३१ जेठ
नबिल बैक बागलुङ शाखामा पैसा जम्मा गर्न गएका बागलुङका एक व्यवसायी एकाएक चकित परे जति बेला बैक काउन्टरका कर्मचारीले ‘तपाईले ल्याएको पैसामा नक्ली नोट छ भनेर फिर्ता दिए ।
बागलुङ बजारमा संचालित बागलुङ सहकारी संस्थाबाट पैसा झिकेर जम्मा गर्न गएका व्यवसायीले ल्याएको एक लाखको ‘विटो’ मा एउटा ‘घ ७६६७४६’ नम्बरको पाँच सय रुपैयाँ नक्कली भेटिएको नबिल बैक बागलुङ शाखामा कार्यरत एक कर्मचारीले दिए । व्यवसायीले ल्याएको पैसामा काष्ठमण्डव बैकको ट्याग लगाइएको थियो ।
बैकमा नक्कली नोट भेटिएपछि सेवाग्राही सशंकित बनेका छन् । पैसा युभि मेसिनमा जाँच गर्दा नक्कली भएको पुष्टि भएको थियो । फेला परेको पाँच सयको नोटमा लालीगुराँसको चिन्ह छैन, कागज बाक्लो र खस्रो छ भने सिल्ड बाहिरी भागबाट प्रयोग गरिएको छ।
वित्तिय संस्थाका कर्मचारीले पैसा राम्रोसँग जाँच नगर्दा नक्कली नोटले सेवाग्राही समस्यामा पर्ने गरेका छन । युभी मेसिनको सहयोगले सक्कली र नक्कली नोट छुटाउन सकिन्छ ।
Previous Article३१ जेठ २०७४, ढोरपाटन दैनिक
Next Article कालिगण्डकी नदीमा ९ दिनदेखि बेपत्ता पुनको शव फेला