बागलुङ, ३१ जेठ – सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आर्थिक वर्ष ०७५।०७६ सम्ममा आफ्नो कारोवार १ अर्ब ५ करोड बनाउने गरी आफ्नो त्रीवर्षिय व्यवसायीक रणनैतीक योजना तयार गरेको छ ।
संस्थाका सञ्चालक समिति, उपसमिति, सदस्य सेवा केन्द्रका संयोजक र व्यवस्थापन टिमको सहभागितामा पोखराको कुटी रिसोर्ट एण्ड स्पामा मिति २०७४ जेठ २७ देखी २९ सम्म आयोजित त्रीवर्षिय व्यवसायीक रणनैतीक योजना तर्जुमा गोष्ठिबाट संस्थालाई यो अवस्थामा पु¥याउने योजना तय गरिएको हो ।
योजनामा आर्थिक वर्ष ०७५।०७६ सम्ममा संस्थाका शेयर सदस्य १० हजार ५ सय, शेयर पुँजी १६ करोड, बचत ७३ करोड ५० लाख, लगानीमा रहिरहने ऋण ८४ करोड, संस्थागत पुँजी ६ करोड ३० लाख पु¥याउने लक्ष्य राखेको छ । संस्थाले यो व्यवासायीक रणनैतीक योजनामा विशेष गरेर वित्तीय योजना, सदस्य सेवाको योजना, आन्तरिक व्यवसायीक योजना र नेतृत्व तथा व्यवस्थापन विकास योजना गरी ४ वटा क्षेत्रलाई आधार मानी तय गरेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराए ।
योजनामा ३ वर्ष अवधिमा तरलता १५ देखी २० प्रतिशत, नकमाउने सम्पती कुल सम्पतीको ५ प्रतीशत, ऋणको नविकरण पुर्ण रुपले वन्द गर्ने, २ वटा सदस्य सेवाकेन्द्रहरुको विस्तार, बचतमा उल्लेख्य वृद्धि, भाखा नाघेको ऋण न्यूनीकरण लगाएतका विषयहरुलाई प्राथामिकतामा राखिएको पौडेलले बताए । ३ दिनसम्म सञ्चालित कार्यक्रमको प्रशिक्षण नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनका कोषाध्यक्ष केशवप्रसाद पोखरेलले गरेका थिए ।
कार्यक्रमको समापन सञको अध्यक्षता संस्थाका अध्यक्ष पौडेल र सञ्चालन प्रबन्धक नवराज शर्माले गरेका थिए । तालिममा २७ जना सहभागि थिए ।
Previous Articleयस वर्षको मनसुन सुरु, केही दिनमा देशैभर वर्षा हुने
Next Article २०७४ जेठ ३१ गते बुधबारको राशिफल