म्याग्दी, २६ जेठ – बेनी नगरपालिका–४ सिंगाका भगबान खड्कालाई दैनिकजसो खेतबारीमा लगाएको तरबुजा टिप्न भ्याईनभ्याई छ । गतबर्ष खेतबारी र म्याग्दी खोलाको बगरमा तरबुजा खेती गरेका खड्काले यसबर्ष अपेक्षा गरेभन्दा धेरै उत्पादन भएपछि उत्साहित छन् । ६ रोपनीमा कम लगानीमा आम्दानी गर्न सकिने तरबुजा खेतीबाट खड्काले यसबर्ष करिव ४० हजार आम्दानी गर्ने बताए । उनले दुईबर्ष भित्र जिल्ला बाहिरबाट भित्रिने खड्का जस्तै बेनपा– ४ सुर्केमेलाका भिम बहादुर बानियाँ हिजोआज निकै ब्यस्त छन् । बानियाँले दैनिकजसो तरबुजालाई सदरमुकाम बेनी पु¥याउने गरेका छन् । करिव ४ रोपनी खेतबारीमा तरबुजा लगाएका बानियाँले करिव ८० देखी एक लाखसम्म आम्दानी गर्ने बताए । जिल्ला कृषि विकास कार्यालयबाट निशुल्क विरुवा, मल, विषादी सहित प्राविधिक सहयोग उपलब्ध गराएपछि यसबर्ष तीनजना किसानले करिव १३रोपनीमा ब्यवसायीक तरबुजा खेती गरेका छन् । बगर, खोल्साखोल्सी र प्रयोगविहिन अवस्थामा रहेका जग्गामा समेत गर्न सकिने तरबुजाको महत्वका बारेमा कृषि विकास कार्यालयले जानकारी गराएपछि कृषकले ब्यवसायीक रुपमा खेती सुरू गरेको बागबानी अधिकृत भोजबहादुर बानियाँले बताए । उनका अनुसार जिल्लाको सिंगा, सुर्केमेला, बावियाचौर, अर्मन, दरवाङ, रत्नेचौर, लामगराका साथै तटिय क्षेत्रमा खेती गर्न सकिने बताए । जिल्ला बाहिरबाट भित्रिने तरबु्जा विस्थापित गर्ने गरी विरुवा समेत वितरण भइरहेको छ । बजारमा देखिने तराईका तरबुजा समेत विस्थापित भएका छन् । तराई क्षेत्रमा मात्रै पाइन्छ भन्ने तरबुजा पहाडी जिल्लामा समेत उत्पादन हुन थालेपछि दुईतिनबर्ष भित्र जिल्ला बाहिर समेत निर्यात गर्न सकिने कृषकको भनाई छ । जिल्लामा फलाएको तरबुजाको प्रतिकेजी ५० रुपैयाँका विक्री भइरहेको छ । एउटा तरबुजा १० देखी १२ केजीसम्मको हुने कृषक बानियाँको भनाई छ । करिव आधा दशक अगाडी घरायसी प्रयोजगनका लागि तरबुजा खेती गर्ने कृषकले बजारमा अपेक्षा गरेभन्दा धेरै र ब्यापारी घरदैलोमै आउन थालेपछि उत्साहित भएर ब्यवसायीक खेती विस्तार गरेका छन् । कृषकले मकै, काक्रो मौसमी तथा बेमौसमी तरकारी खेती संगै तरबुजा लगाएका छन् । अन्य ब्यवसायमा आवद्ध रहेका यूवाहरू समेत बजारको मागलाई मध्यनजर गरेर आवश्यक प्राविधिक ज्ञान सहित यो खेतीमा संलग्न छन् ।
Previous Articleकरेसाबारी व्यवस्थापन सम्बन्धि तालिम शुरु
Next Article रसआवर, फ्युचर र चिल्ड्रेन विजयी