बागलुङ, २५ जेठ-जिल्ला लिग फुटबलको दोस्रो दिन बुधबार बागलुङ खेलकुद क्लब विजयी भएको छभने रसआवर फुटसल विरुद्ध पावर फिटनेश क्लब विच भएको खेल र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब विरुद्ध रुद्रेपिपल युवा क्लब विच भएको खेल गोलरहित बराबरी भएको छ । जिल्लाको बाङ्गेचौर खेलमैदानमा भएको समुह वि अन्तरगतको खेलमा रसआवर फुटसल र पावर फिटनेस क्लब विचको खेल १–१ गोलको बराबरी भएको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलको ९ औं मिनेटमा पावर फिटनेस क्लबका भुवन श्रेष्ठको गोलबाट अग्रता लिएपनि त्यो अग्रता धेरैबेर टिक्न सकेन । खेलको २५ औं मिनेटमा नै रसआवर फुटसलका गणेश थापाले गोल गर्दै खेललाई पुन रोमाञ्चकता तर्फ धकेलेका थिए । खेलको दोस्रो हापमा दुवै टिमबाट गोलका धेरै प्रयास भएपनि गोलहुन नसक्दा खेल बराबरीमा टुंगिएको थियो । बराबरी पछि दुवै टिमले १–१ अंक बटुलेका छन् । यस्तै समुह ए अन्तरगत बागलुङ खेलकुद क्लबले युनिटी युथ क्लबलाई पराजित गर्दै ३ अंक प्राप्त गर्न सफल भएको छ । मंगलबार चिल्ड्रेन लाईफसँग पराजित भएको बागलुङ खेलकुद क्लबले बुधबार खेलमा धेरै सुधार गर्दै जित दर्ता गराएको छ । पहिलो हाफको १९ औं मिनेटमा सागर भण्डारीको गोलबाट अग्रता लिएको बागलुङ खेलकुद क्लबले दोस्रो हापमा ३ गोल थपेको थियो । दोस्रो हाफको ५ औं मिनेटमा सन्देश माझी, २१ औं मिनेटमा रोहन खड्का र ३१ औं मिनेटमा विपिन महतले गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए । युनिटीले दुई खेल खेलेको छ तर खाता खोल्न सकेको छैन । यस्तै बुधबारनै भएको अन्तिम खेलमा चिल्ड्रेन लाईफ स्पोर्टस क्लब र रुद्रेपिपल युवा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । दोस्रो हाफको १५ औं मिनेटमा डिबक्सभित्रको बललाई किलियर गर्न खोज्दा चिल्ड्रेन लाईफका सविन थापाले आत्माघाती गोल गरेका थिए । आत्माघाती गोल आएको ७ मिनेटभित्रमै चिल्ड्रेन लाईफका गणेश लामिछानेले गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए । दुवै टिमले दुई खेलबाट समान ४–४ अंक बटुलेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्रम अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १० टोलीको सहभागिता रहेको छ । लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ । जिल्ला लिगमा आजको पहिलो खेल समूह ‘बि’को मुलपानी खेलकुद विकास समिति विरुद्ध रसआवर फुटसलबीच प्रतिस्पर्धा हुने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिए ।