बागलुङ, २३ जेठ – गौरीधाम शिवमन्दिर उपल्लाचौरमा तनाव व्यवस्थापन एवं स्वस्थ जीवन जिउने कला विषयक ५ दिवसिय प्रशिक्षण कार्यक्रम शुरु भएको छ । विश्वव्यापी रुपमा बढ्दै गएको तनावबाट मुक्त भएर स्वस्थ जीपनयापन गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा राजयोगिनी ब्रह्माकुमारी जानकीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा जानकीले अनेक प्रकारका तनावबाट मुक्ति पाउनको लागि स्वंको अस्तित्व एवं मानविय मूल्यको जगेर्ना भएमा मात्र तनावबाट मुक्त हुने धारणा राखिन् । कार्यक्रमको शुभारम्भ गर्दै बागलुङ नगरपालिका वडा नं ४ का अध्यक्ष्य धु्रव बहादुर केसीले हरेक व्यक्तिमा तनाव भएको र कतिपय व्यक्ति तनावका कारण कुलतमा लागिरहेको बताए । तनाब व्यवस्थापन प्रशिक्षणबाट व्यक्तिले जीवनमा प्रगती गर्न सक्ने उनले बताए । कार्यक्रममा विश्वविद्यालयकी क्षेत्रीय प्रमुख सावित्री दिदीले तनावका प्रकारको बारेमा जानकारी दिंदै अनावस्यक होडवाजी गरेर तनाव लिने चलन हटाउन आग्रह गरिन् । साथै उनले अध्यात्मीक शान्तिबाट तनाव कम गर्न सकिने पनि धारणा राखिन् । ब्रम्हकुमारी स्मृतीको संचालन र ब्रम्हकुमारी शान्तिको स्वागतमा सम्पन्न प्रशिक्षणमा ७० जनाको सहभागिता रहेको छ । प्रशिक्षण शुक्रबार सम्म चल्ने छ ।