चन्द्रवहादुर केसी
ती मतपत्र मात्र थिएनन्
ती त मन पत्र पनि थिए
सजिएका आम जनताका मन
त्यसैले त्यहाँ च्यातिएका मात्र छैनन्
पट्याइएका ती मतपत्र मात्र
सगै च्यातिएका छन्
तिनी भित्र गुजुल्टिएका मन पत्रहरु।
ए मतपत्र च्यात्नेलाई माला लगाउने हो!
च्यातिएका मत पत्र त मिलाउला कसै
पुन चुनावको नौटङ्की गरेर
तर कहिल्यै मिलाउन सक्ने छैनौ
च्यातिएका ती आम जनका मन पत्रहरु।