राजेशचन्द्र रा.भ.
स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी लागेको नारा कुन हो भनेर बागलुङ नगरबासीलाई सोध्यो भने सहज रूपमा उत्तर आउँछ त्यो हो ‘स्मार्ट सिटी ।’ साँच्चै अहिले जहाँ जताततै अहिले स्मार्ट सिटी कै चर्चा छ । साँच्चै स्मार्ट सिटी भनेको के हो ? यो कसरी बन्छ ? भन्ने सहज जवाफ अहिले कसैसँग छैन । चुनावी नारा मजाको थियो । अहिले गाउँ गाउँमा सिंहदरबार भन्ने प्रमुख नारा भन्दा पनि यसपटक सबैको गायत्री मन्त्र जस्तो स्मार्ट सिटी नै रह्यो ।
राजधानी काठमाडौको महानगरपालिकादेखि पोखरा, भरतपुरदेखि बागलुङ नगरपालिकामा उम्मेदवार बन्ने राजनीतिक पार्टीदेखि स्वतन्त्र रूपमा उम्मेदवार बनेका सबैको प्रमुख नारा यसपटकको स्मार्ट सिटी नै रह्यो । यो स्मार्ट सिटि र स्मार्ट भिलेज भनेको के हो ? यो कसरी कहाँ कुन ठाउँमा लागू हुन्छ ? भन्ने कुरा बुझ्दै नबुझी मनखुशीले यो कुरा भएको देखिन्छ । साँच्चै भन्ने हो भने स्मार्ट सिटीको नारा भने राम्रो छ । बढो सुन्दर छ । २०६३ सालमा माओबादी नेता प्रचण्डले देशलाई स्विजरल्याण्ड बनाउने र कसैले सिंगापुर बनाउने नभनेको हैनन् ।
हामीले समाजमा जुनसुकै कुरा गर्दा पनि सर्बप्रथमः त्यसलाई पूरा गर्ने अबधारणा हामीसंग के छन् कि छैनन् हेर्न जरुरी छ । अहिले राजधानीमा बिबेकशिल पार्टीको तर्फबाट काठमाडौ महानगराको प्रमुखमा उम्मेदवार बनेकी रन्जु न्यौपाने ‘दर्शना’ देखिको स्मार्ट सिटी बनाउने नारालाई भने हामी नेपाली सकारात्मक रूपमा हेर्नु पर्छ । अहिले बागलुङ, पर्बत र म्याग्दी जिल्लामा धेरै नगरपालिका बनेका छन् । साँच्चै छातीमा हात हालेर भन्ने होभने अहिले सरकारले गठन गरेको नगरको मापदण्ड पुग्दैन ।
बिना पुर्बाधार यसको गठन गरिएको छ । एउटा नगरपालिका हुन, त्यो नगरभित्र नगरबासीले के–के सेवा सुबिधा पाउनु पर्छ भन्ने कुराको मापदण्ड छ । तर अहिले गाउँ–गाउँमा सिंहदरबार भन्ने नारालाई जनता माझ स्थापना गर्न भन्दा पनि अहिले राजनीति भागबन्डा कै आधारमा नगरपालिका गठन गरिएको देखिन्छ । स्मार्ट मोबाइलको बारेमा त अहिले शहरमा बस्ने युवा समुदाय र नयाँ पुस्ता परिचित छन् । अहिले स्थानीय तहको निर्वाचन पछि आफ्नो ठाउँलाई राम्रो बनाउने ब्यबस्थित बनाउने महाअभियान चलाउन जरुरी छ । जनतालाई सिंहदरबारको अनुभुति दिलाउने हो भने जनतालाई मालिक सम्झन जरुरी छ । अहिले पनि कर्मचारीतन्त्र नै हाबी भएको समयमा त्यो अनुभुति गर्न भने फेरि अर्को अभियान चलाउनु पर्ने देखिन्छ ।
अहिले भनिएको स्मार्ट सिटी बनाउन बागलुङ नगरमा के–के पुर्बाधार छन् । त्यो पूरा गर्नको लागि के–के स्रोत साधन आबश्यक पर्छ त्यो कुरा पहिले स्पष्ट हुन जरुरी छ । अहिले बागलुङ नगरपालिका पहिको जस्तो सानो हैन अहिलेको नयाँ संरचना अनुसार मालिका, भकुण्डे, सिगाना, तित्याङ, रायडाँडा, पैयुपाटा, अमलाचौर, नारायणस्थान र पाला गाबिस समेत मर्ज गरि १४ वटा वडा बनाइएको छ । वास्तविक रूपमा भन्ने हो भने अहिले नगरपालिका त निर्माण भएको छ, यसलाई सकारात्मक रूपमा हेर्नुपर्छ । तर अहिले बनेका नगरपालिका साँच्चै भन्ने होभने नाममात्रको नगरपालिका हो भन्दा फरक पर्दैन । ‘जसको सिङ छैन त्यसको नाम टिखे’ भनेझै अहिले सरकारले गठन गरेको नगरपालिकाले एउटा काम भने गरेको छ हामी जुन ठाउँमा नगरपालिका बनेको छ त्यो ठाउँका बासिन्दालाई हामी पनि नगर बासी हौ भन्ने र बैक तथा बित्तिय संस्थाबाट केही पैसा ऋण लिन भने सहज बनाउने छ । तर स्मार्ट सिटी बिदेशतिर त्यो पनि सबैभन्दा बिकसित जस्तै दक्षिण कोरिया अहिले साँच्चै भन्ने हो भने काठमाडौ, पोखरा, भरतपुर र ललितपुर समेत स्मार्ट सिटी बनी हाल्ने अबस्थामा पुगेको देखिदैन ।
नगरपालिकाले आफ्नो सेवाग्राहीलाई दिने सेवा अहिले कस्तो छ भनी प्रश्न गर्ने होभने अहिले पनि उहीँ पुरानो नै छ । त्यहाँ काम गर्ने कर्मचारी, स्रोत साधन सबै पुरानै पाराले चलिरहेको छ । अहिले सेवा ग्राहीलेकाम कसरी छिटोछरिटो पाउने भन्नेसम्म ठेगान भएको छैन । स्मार्ट सिटी हुनलाई र त्यसको मापदण्ड पुग्नको लागि चाहिने धेरै कुरा बागलुङ सदरमुकाममा अपुग छन् । अनि कसरी बन्न सक्छ यो नारा साकार ? हो हामीले सपना राम्रो देख्नुपर्छ अनि मात्रै हामी हाम्रो लक्ष्यमा पुग्न सक्छौ । तर हामी बिना गन्तव्यको यात्रा गर्छाैं भने हामी कहि पनि पुग्न सक्दैनौं । अहिले नयाँ स्थानीय तहमा जनताको कामकाज छिटोछरिटो गर्न जरुरी छ । अहिले हामीसंग बिद्युत सेवा पहिलेको तुलनामा सुधार भएको देखिन्छ तर पुरै समाधान भने भएको छैन ।
इन्टरनेत सेवा, अनलाइन सेवा प्रत्येक परिवारको बैंक खाता देखि नगरमा हुनुपर्ने सबै सेवा सुबिधा, शुद्ध पिउने पानी, ढल निकास, ग्रीन सिटी, स्वास्थ सेवा, शिक्षा, बाताबरण सबै कुरा हुन जरुरी छ । तर त्यो सबै मापदण्ड अहिले बागलुङको १४ बटा वडामध्ये कुनै पनि वडामा देखि दैन । हैन अहिले पनि हामीले घोषणा गरिहाल्ने मात्रै होभने फरक पर्दैन । हैनभने बागलुङ जिल्लाको गाउँ गाउँलाई साक्षर घोषणा गरिएको हो अहिले हाम्रो जिल्ला पुर्ण साक्षर जिल्ला हो अहिले पनि हजारौं आमा बाहरू निरक्षर भएपनि सरकारले दातालाई देखाउन भएपनि साक्षर जिल्ला घोषना गरिसकेको छ । जहाँ तही फोहोर भएपनि खुला दिशामुक्त जिल्ला हैन अन्चल नै घोषणा भैसकेको बेला अहिले स्मार्ट सिटी पनि त्यसैको निरन्तरता नहोस भन्ने मात्रै हो ।
हामीले आबेग र भावनामा आएर कुनैपनि कामकाज गर्ने हैन यर्थाथको धरातलमा बसेर काम गरे मात्र हामी हाम्रो लक्षमा पुग्न सक्ने छौ । अहिले नगरपालिका भनिए पनि सबै ठाउँमा सहजरूपमा सडक संजाल छैन । सडक कालोपत्रे पनि सिमित मात्रै भएको छ जतासुकै धुलोधुँवा छ, पानी बग्ने निकास समेत राम्रो छैन, अन्चल अस्पताल भएपनि सबै सेवा सुबिधा छैन यहाँ गर्नुपर्ने काम धेरै छन् । हैन भने खाली लोकप्रिय नारा अगाडि सारेर मात्र केही हुने वाला छैन जुन कुरा पूरा हुन सक्छ त्यो मात्रै गर्दा राम्रो हुन्छ ।
साँच्चिकै हामीले बागलुङ नगरलाई स्मार्ट सिटी बनाउने हो भने अहिलेदेखि नै त्यसको पुर्बाधार तयार गर्दै जानुपर्छ । अहिले नभए पनि केही बर्ष पछि हाम्रो बागलुङ राम्रो बागलुङ र हाम्रो बागलुङ स्मार्ट बागलुङ बनाउन सकिन्छ । त्यसको लागि हामीले अहिले बागलुङको वडा नम्बर २ लाई पाइलट प्रोजेक्टको रूपमा लिएर जानुपर्छ । अहिले अन्य वडाको तुलनामा यसलाई अलि सजिलोसँग बनाउन सक्ने देखिन्छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, उप–प्रमुख सुरेन्द्र बहादुर खड्का नयाँ सोच नयाँ भिजनका साथ अगाडि बढ्न जरुरी छ । साँच्चै मन वचन र कर्मदेखि लाग्ने हो । सबै नगरबासिले साथ र समर्थन दिने होभने अबश्य पनि हामी हाम्रो लक्ष्यमा पुग्न मद्दत पुग्छ ।
Previous Articleआशा न्यायलयप्रति
Next Article ज्येष्ठ नागरिकले गरे जनप्रतिनिधिको स्वागत