बागलुङ, २१ जेठ – सिगाना बोडिङ स्कुलमा जुनियर रेडक्रस सर्कल पुर्नगठन भएको छ ।
पुर्नगठन कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी सिगाना उपशाखाका कविराज जिसीले रेडक्रस सामाजिक सेवाको संस्था भएको बताए । रेडक्रसकै भातृ संस्था भएकोले बालबालिकाले पनि सेवा र सहयोगको काममा लाग्न सर्कल सफल हुने पनि बताए । कार्यक्रममा शिक्षकद्धय गोकुल जिसी,बसन्त क्षेत्री,शिक्षीका रविना जिसी र जुरेसका नवनिर्वाचित अध्यक्ष कुसल खडकाले बोलेका थिए ।
सिगाना बोर्डिङ स्कुलका प्रिन्सीपल रेशम जिसीको अध्यक्षता शिक्षक गिरीर बोहोरको स्वागत र शिक्षक टिका खडकको संचालमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा कुलस खडकाका अध्यक्षतामा ११ सदस्यि जुरेस गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा सोस्तीका खडका,सचिवमा बन्दना कार्की, सह–सचिवमा मिलिना खडका,कोषाध्यक्षमा रेशम जिसी र सह–कोषाध्यक्षमा यल्सन खडका छन् । सदस्यमा सुप्रभा हमाल,सुज्जन खडका,अनुभव जिसी,बिशास खडका र आनन्द नेपाली रहेका छन् ।
Previous Articleपर्वतमा खानेपानी आयोजना अन्तिम चरणमा
Next Article नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत