२० वर्षपछि देशमा पहिलो चरणको स्थानिय तहको चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । राजनीतिक खिचातानीको कारण हुन नसकेको स्थानिय तहको चुनावबाट जनताले आफ्ना प्रतिनिधि चुनेका छन् । जनताले गाउँघरमै आफ्नो नेता चुनेपछि विकासको लहर आउने पनि विश्वास गरेका छन् । सानो काम पर्दा पनि सदरमुकाम आउनु पर्ने जनताले अब गाउँघरबाटै सेवा सुविधा पाउने छन् । जनताबाट अनुमोदित भएका नेताहरुले पनि आफ्नो ठाउँमा विकासको लहर ल्याउने प्रतिवद्वता जाएर गरेका छन् । स्थानिय तहको चुनावअघि उम्मेदवारहरुले आफ्नो तलब विकास निर्माण खर्चिने बताएका थिए । तिनै प्रतिवद्वतालाई आज व्यवहार ल्याउनको लागि उम्मेदावर स्वयम् जिम्मेवार बनेका छन् । बागलुङ नगरपालिकामा विजयी मेयरका उम्मेदवार जनक पौडोलले त नगरपालिकाको कार्यक्रममा मदिरालाई प्रतिबन्ध लगाउने कसम खाएका छन् । यस्तै विजयी अन्य उम्मेदवारले त आफुले पाउने तलब भत्ता समेत नबुझ्ने बताएका छन् ।
जनताबाट अनुमोदित भएका जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रका जनताको स्वास्थ्य बिमा गर्ने योजना ल्याएका छन् । यस्तो कार्यको सुरुवात काठेखोला गाउँपालिकाका प्रमुख अमर थापाले गरेका हुन् । जनप्रतिनिधिहरुको त्यागी शैलीले साँचिनै विकासको प्रवाह हुने अपेक्षा गरिएको छ । यसै शिलशिलामा बागलुङ नगरपालिका वडा नम्बर १२ का नवनिर्वाचित वडाध्यक्ष, तथा वडा सदस्यहरुले पदभार ग्रहणसंगै स्थानिय बासिन्दाको मृत्यु भएमा क्रिया खर्च स्वरुप ३ हजार र बर्थिङ सेन्टरमा गएर सुत्केरी हुने आमाहरुलाई खर्चबापत २ हजार दिने निर्णय गरेको छ । वडाध्यक्ष गुरुदत्त पाठकले स्थानीय बासिन्दा जनताका लागि गरेको सामाजिक कार्य साँच्चिकै सह्रानिय रहेको छ । वडाका प्रतिनिधिहरुले गरेको यस्तो बोल्ड डिसिजनले बिशेषत गरिब निमुखा जनतालाई राहत पुग्ने निश्चित छ । यस्ता सोसल कामको पाठ अन्य स्थानिय निकायले पनि सिको गर्नुपर्छ । जसले जनप्रतिनिधिमाथि स्थानियको विश्वास अझ् बढ्ने छ ।
यस्तै स्थानीय तह निर्वाचनमा तमानखोला गाउँपालिकाको प्रमुखमा निर्वाचित भएपछि अध्यक्ष जोकलाल बुढाले आफ्नो पारिश्रमिकको ५ प्रतिशत रकमबाट शुरु गरेर तमानखोला विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् । युवा वयमा गाउँपालिकाको बागडोर हाक्ने जिम्मा पाएका बुढाको यस घोषणाले विकासमा पछि पारिएको तमानखोला गाउँपालिकाले विकास पाउने कुरालाई सुनिश्चित गरेको छ । बुढाले उक्त रकमबाट दलित र सिमान्तकृतको विकासका लागि उक्त रकम खर्च गर्ने बताए । यतिमात्रै होइन पदभार ग्रहणपछि बसेको बैठकले तमानखोलाका सबै वडा कार्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तरमा अगाडि बढ्ने निर्णय गरेको छ । बालशिक्षा देखि १२ कक्षा सम्मका बालबालिकाको शिक्षामा विशेष ध्यान दिएर परिक्षाफल सुधार गर्नका लािग आवस्यक काम थाल्ने बुढा नेतृत्वको टोलीले गरेको छ । नेता भनेको त्यागी हुनुपर्छ । पद केवल लाभको लागि मात्रै होइन स्वर्णिम कामको लागि हो । जनप्रतिनिधिहरुले त्यागी काम गर्न सके विकासको लहर आउन संभव छ ।
Previous Article२०७४ जेठ १७ गते बुधबारको राशिफल
Next Article आक्रामक प्रतिपक्ष र रक्षात्मक सत्तापक्ष