काठमाडौं, १५ जेठ – सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब १८ करोड रकम विनियोजन गरेको छ ।
संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खर्च गर्ने गरी पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब १८ करोड रकम विनियोजन गरिएको बताए ।
सरकारले स्थानीय तहलाई पनि पुनर्निर्माणमा सहभागी गराउने बताएको छ भने एकीकृत वस्तीहरु बनाउने बताएको छ ।