म्याग्दी, १४ जेठ – जलविद्युत विकासमा सहमति गर्न जिल्लामा रहेका सबै सरोकारवालाबीच म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपालको आयोजनामा भएको कार्यक्रममा अहिले हामीसंग भएको झन्झटिलो नीति नियमकैऽíस् कारणले पनि देशमा सरल रूपमा जलविद्युत उत्पादन गर्न ढिलाइ हुने गरेको हुँदा अब छिटोछरिटो हुने नीति बनाउन जरुरी रहेको धारणा सरोकारवालाले राखेका थिए । नेपाल जलविद्युत उत्पादनको धेरै राम्रो संभावना भएको देश भएपनि क्षमता अनुसारको उत्पादन गर्न भने नसकेको धारणा इपानका खड्गबहादुर बिष्टले बताए । नेपाल जलविद्युत उत्पादन गर्न सक्ने दोस्रो धनी मुलुक नभएपनि देशलाई चाहिने जति बिधुत उत्पादन गर्न सकिने भएको हुदा यसतर्फ सबै सरोकारवालाको ध्यान जान जरुरी रहेको बिस्टले बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाकर पोखरेल बिधुुत बिकास बिभागका पुर्ब महानिर्देशक पुरूषोत्तम आचार्य, बिद्युत बिकास विभागका पुर्ब महानिर्देशक डिल्लीबहादुर सिंह, जिल्ला प्रशासन कार्यालय पर्बतका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेल, बेनी नगरपालिकाका उप–प्रमुख सन्जु बरूवाल लगायतका बक्ताहरूले जलविद्युत बिकासमा सबैको सहयोग र समर्थन भए नेपालले धेरै बिद्युत उत्पादन गरि छिमेकी मुलुकलाई बिक्री गरि देशलाई धनी बनाउन समेत यसले मद्दत गर्ने धारणा राखेका थिए । बागलुङ, पर्बत र म्याग्दी जिल्लामा धेरै जलविद्युत आयोजना निर्माण हुँदै गरेको यहाँ जलविद्युत उत्पादन गर्दा बेहोर्नु परेको झन्झटबारे हाइड्रोपावर संचालकले दुखेसो पोखेका थिए ।