बागलुङ, १८ भदौ – चिन र भारत सम्म जोडिने निर्माणाधिन कालीगण्डकी करिडोर बागलुङ खण्डको ट्र्याक खोल्नको लागि १९ करोड रुपैयाँ विनियोजन भएको छ । संसदको विकास समितिका सदस्य रहका बागलुङका सांसद प्रकाश शर्मा पौडेलको पहलमा बजेट विनियोजन भएको हो । चालु आर्थिक वर्षमा बागलुङ खण्डको ट्र्याक खोल्न बाँकी रहेको बलेवाको नारायणस्थान टाकुरी हुँदै बिनामारे कुचुरी भिर, अर्जेवा, जैदी लउँवाहुँदै छिस्तीबाट गुल्मी जोड्न बजेट विनियोजन भएको छ ।
बारम्बारको दबाबपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाली सेनाले खन्ने सो सडकको लागि बजेट विनियोजन गरिसकेको सांसद पौडेलले बताए । संविधानका सभाको निर्वाचनमै उक्त सडक निर्माणलाई प्राथमिकताको घोषणा गरेका सांसद पौडेलले तत्कालिन अवस्थामा ट्र्याक खोल्नको लागि करिडोर कार्यालयबाट पौडेलकै पहलमा सेनालाई हस्तान्त्रण गरेपछि सडक निर्माण सुरु भएको थियो ।
सेनाले बागलुङ खण्ड मालढुंगाबाट बलेवा टाकुरीसम्म ट्र्याक खोलि प्रधान सेनापती राजेन्द्र क्षेत्रीबाट उदघाट्न समेत गरी सकेको छ । बजेट विनियोजन भएछि यसै वर्ष छिस्तीसम्म ट्र्याक खोल्नको लागि काम भैरहेको सेनाको निर्माण कार्यदलका संयोजक रेस्मीराज भट्टराईले बताए ।
बजेट विनियोजन भएपछि टाकुरीदेखि पालुङखोलासम्मको २२ किलोमिटर ट्रयाक तीब्र रुपमा काम गर्ने उनले बताए । १८ करोड ४९ लाख २५ हजार पु¥याएको छ । सो खण्डमा पर्ने मोटरेवल पुल निर्माणको लागि पनि अध्ययन भैरहेको कालीगण्डकी करिडोरका प्रमुख गुरु अधिकारीले बताए ।
सेनाकाले ट्र्याक खोलेपछि सो सडक सडक डिभिजनले कालोपत्रे गर्ने छ । बागलुङको टाकुरीदेखि छिस्ती सडक खण्डको लागि चालु आर्थिक वर्षमै नेपाली सेनाले काम अघि बढाउनको र १५ करोड ४९ लाख २५ हजारबाट बढाएर बजेट विनियोजन भएको हो ।