बागलुङ, १८ भदौ – गलकोट रिघाका झमबहादुर काउचाले ब्यवसायिक अदुवा खेतीबाटै लाखौं आम्दानी गर्न सफल भएका छन् । १० वर्षदेखि अदुवा खेती गर्दै आएका काउचा सफल कृषक बनेका छन् ।
गत बर्ष अदुवा खेतीबाट ५ लाखभन्दा बढी आम्दानी गर्न सफल भएको काउचाको भनाई छ । सुरु–सुरुमा थोरै मात्रामा अदुवा खेती गर्दै आएका काउचाले गत २ बर्षदेखि ब्यवसायिक रुपमा अदुवा खेती गर्न सुरु गरेका हुन् ।
२०७१ सालमा १५/१६ रोपनी जग्गामा खेती गरेका काउचाले उत्पादन अनुसारको मुल्य नपाएपछि कम मुल्यमा बिक्री गर्न बाध्य भएको गुनासो गरे । अदुवा अनुसन्धान केन्द्र सल्यानबाट ३ लाख बराबरको ३० कुईन्टल बिउ लिई ब्यवसाय सुरु गरेका काउचाले उत्पादन राम्रो भएपछि १५ देखि १६ लाख आम्दानी हुने अपेक्षा गरेका छन् ।
स्थानिय बजारमा उत्पादन अनुसारको मुल्य नपाएपछि अदुवा प्रशोधन केन्द्र सुरखेतमा लगि कम मुल्यमा बिक्री गरेको उनको भनाई छ । काउचाले यसबर्ष करिब ६÷७ रोपनी जग्गामा अदुवा लगाएका छन् ।
बिदेश जाने रहर नभएकोले आफुले ब्यवसायिक अदुवा खेती सुरु गरेको उनको भनाई छ । बजारको राम्रो ब्यवस्थापन हुन सके बिदेशमा कमाउने भन्दा बढि आम्दानी गर्न सफल हुने काउचाले बिश्वास लिएका छन् ।
Previous Article१८ भदौ २०७३, ढोरपाटन दैनिक
Next Article कोरिडोरलाई थप १९ करोड विनियोजन