म्याग्दी, १३ जेठ – न्यु वेष्ट पोइन्ट आवासीय माविमा शुक्रबार देखि अन्तर मा.वी/कलेज स्तरीय छात्रा फुटबल प्रतियोगिता शुरु भएको छ । बिद्यालय स्थापनाको २५ औं बर्ष, रजत जयन्ति वर्ष २०७४ को अबसरमा सो प्रतियोगिता आयोजना गरिएको हो । बिद्यालयले वर्ष २०७४ लाइ रजत जयन्ति बर्षको रुपमा मनाउने र वर्ष भरि नै विभिन्न कार्यक्रमको आयोजना गरेको र निर्धा्रित कार्यक्रम अनुसार नै छात्रा फुटबल प्रतियोगीता आयोजना गरेको जनाइएको छ । सम्भबत जिल्लामा नै पहिलो पटक वेष्ट पोइन्टद्वारा छात्रा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको एक भब्य कार्यक्रमका बीच जेठ १२ गते शुक्रबार उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले गरेकी हुन् । उद्घाटन मन्तब्य ब्यक्त गर्दै खड्काले वेष्ट पोइन्टको ब्यबस्थापनबाट अत्यन्तै प्रभावित भएको बताएकी थिइन । उनले सानाले सिक्दैछन ठुलाले सिकाउदै छन् भन्ने कुरा आफुले कार्यक्रमको ब्यबस्थापनबाट अनुभव गरेको बताउँनुको साथै शिक्षा किताबी ज्ञान मात्रै नभएर खेलकुद र अन्य क्रियाकलापबाट विद्यार्थीको क्षमता प्रस्फुटन गर्न सकिने हुँदा त्यस तर्फ जोड दिनु पर्ने बताइन । आफु पनि महिला भएको र अवसर पाए महिलाले पनि धेरै कुरा गर्न सक्ने र यसरी जिल्लामा नै पहिलो पटक फुटबल प्रतियोगिता आयोजना गरेर उत्कृष्ट कार्य गरेकोमा बिद्यालयलाई धन्यबाद दिइन । वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष शिव कुमार श्रेष्ठको सभापित्वमा सम्पन्न भएको कार्यक्रममा प्रिन्सिपल डा. लाल रापचाले स्वागत र शिक्षक कृष्ण जिसीले संचालन गरेका थिए । प्रतियोगितामा जिल्लाका १० बिद्यालयका छात्रा टिम सहभागी रहेका छन् । अफिसियल तथा रेफ्री संयोजन जिल्ला फटबल संघ म्याग्दीका अध्यक्ष इपिन तिलाजाले गरेका छन् । प्रमुख अतिथि खड्कालाई अध्यक्ष श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए । शुक्रबार भएका खेलहरुमा ट्राइब्रेकरमा बेनी सामुदायिक मावि लाई ३–२ ले हराउदै बेनी बोर्डिंग, म्याग्दी एकेडेमीलाई ट्राइब्रेकरमा ३–२ ले हराउदै न्यु होराइजन् बोर्डिंग पर्बत बेनी र गलेश्वर आवासिय माविलाई ट्राइब्रेकरमा ४–३ ले हराउदै माउन्ट एभरेस्ट दोश्रो चरणमा प्रबेश गरेका छन् । शनिबार बिहान ८ बजे म्याग्दी क्याम्पस र वेष्ट पोइन्ट टिम ए बीच पहिलो खेल हुनेछ । प्रतियोगिता १४ गते सम्म संचालन हुने खेल शिक्षक दिपेन राईलाई उदृत गर्दै वेष्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताएका छन् ।
Previous Article२०७४ जेठ १३ गते शनिबारको राशिफल
Next Article पुस्तकालयले विद्यार्थीको पठनस्तरमा सुधार