म्याग्दी, १२ जेठ – मनोनयन दर्ताको दिन तालमेल गरेर चुनावी मैदानमा होमिएका राजनीतिक दलले आफ्ना कार्यकर्ता र मतदातालाई बुझाउन नसक्दा स्थानीय तहको निर्वाचनमा ठुलो संख्यामा मत बदर भएको छ । चुनावी तालमेल सदरमुकाम र दलका प्रतिनिधिमा केन्द्रित हुदाँ ग्रामिण क्षेत्रमाका मतदातामा देखिएको आन्यौलताले सदरभन्दा ग्रामिण क्षेत्रमा बदर धेरै भएको जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताए । ‘दलविचको तालमेलले मतदाता अलमलमा परे । उम्मेदवार नभएका मतचिन्हमा समेत धेरै मत भेटियो’ पौडेलले भने । उनका अनुसार जिल्लाभर खसेको कुल मतको करिव १० देखी १२ प्रतिशत बदर भएको प्रारम्भीक अनुमान गरिएको बताए । उनले स्थानीय तहमा थप तीनवटा निर्वाचनको तयारी भइरहेकाले त्यसलगत्तै जिल्लाभरको बदर प्रतिशत निकाल्ने समेत बताए । बेनी नगरपालिकामा कुल १३ हजार १ सय २० मत खसेकोमा प्रमुखमा सदर मत ११ हजार ६ सय ३९ र उपप्रमुखमा ८ हजार २९६ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ । नगरपालिकाभित्र नेपाली कांग्रेस र माओवादी केन्द्र विचको तालमेलबाट प्रमुखमा हरिकुमार श्रेष्ठ (विजय उम्मेदवार) र उपप्रमुखमा नेकपा माओवादी केन्द्र (पराजित) लाई उम्मेदवार बनाएपनि कांग्रेसको उपप्रमुख र माओवादी केन्द्रको उम्मेदवार नउठेको पदमा पनि मतछाप लगाइएको मतपत्र गणनाका क्रममा भेटिएको छ । त्यस्तै नेकपा एमाले र राप्रपा विचको तालमेल समेत प्रभावकारी देखिएन् । तालमेलबाट उम्मेदवारी दिइएपनि लस्करै सूर्यलाई मत हालेर पनि गाईलाई समेत भोट हालेका कारण धेरै मत बदर भएको मतगणनामा सहभागि दलका प्रतिनिधिहरुको भनाई छ ।केही मतदाताले आफुँलाई मन नपर्ने उम्मेदवारलाई औंठा छाप लगाएर अन्य उम्मेदवारलाई स्वस्तिक छाप लगाएको समेत भेटिएको छ । त्यस्तै केहीले मतदानको क्रममा अलमलमा परेपछि खाली छोडेरका छन् । ‘निकै छिनो मतअन्तरले पराजित हुने उम्मेदवारको मतपत्रमा औठाछाप भेटियो, वडास्तरमा पराजित हुने उम्मेदवार औठाछापको शिकार भए’ मालिका गाउँपालिकाका कार्यकारी प्रमुख छविलाल सुबेदीले भने । उनका अनुसार बृद्धबृद्धाको वारेसबाट हालिएको मत सदर भएपनि आफुँखुसी हालिएको मत बदर, निरक्षर मतदाताले एउटै ठाउँमा चुनावचिन्ह भएको ठाँउमा दशवटा छाप लगाएको समेत भेटिएको बताए। चुनावी माहोल आफ्नो पक्षमा देखाउन उम्मेदवारले अनावश्यक प्रचारप्रसारमा ध्यान केन्द्रित गरेकाले समेत बदर मत बढेको निर्वाचनमा खटिएका कर्मचारीको भनाई छ । बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा उम्मेदवारलाई दिइएको बदर मतका कारण समेत पराजय भोग्नु परेको उम्मेदवारले बताउने गरेका छन् । बदर मतले दल समेत त्रसित बनेका छन् । मतदातालाई शिक्षा भन्दा अनावश्यक प्रचारमा लाखौं खर्च गरेका दलले आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । तालमेलले मतदातालाई अन्यौल बनाएको बताउँदै तालमेलको समेत समिक्षा समेत गरिरहेका छन् ।
Previous Articleथपिएका तहमा जेठ ३१ गते चुनाव असम्भव – आयोग
Next Article २०७४ जेठ १२ गते शुक्रबारको राशिफल