बागलुङ, १८ भदौ – जिल्ला सदरमुकाम बागलुङ बजारमा स्थापित भीम स्मृति प्रतिभा कोषले संस्थागत बिद्यालयका दुई उत्कृष्ट बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
जिल्लाको बिनामारे घर भई हाल बानपा ३ गुठीमा बस्दै आएका स्वर्गिय भिमबहादुर क्षत्रीको स्मृतिमा उनका धर्मपत्नी रुद्रा केसी, छोराहरु कुशल केसी, करुण केसी र छोरी कामना केसीले स्थापना गरेको कोषबाट अमृत आदर्श उच्च माविका एक छात्रा र एक छात्रालाई पुरस्कृत गरिएको हो ।
सदरमुकाममा आयोजित कार्यक्रममा बागलुङका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले कक्षा १० मा अध्ययनरत सिजन सापकोटा र सुरज शर्मालाई नगद ५–५ हजार र सम्मान पत्र प्रदान गरेका थिए । यसका साथै कोषले बिज्ञान प्रर्दशनीहरुमा समेत सहयोग गर्ने कोषका संस्थापक रुद्रा केसीले बताइन ।
सो अवसरमा बोल्दै जिशिअ मिश्रले दिवंगत भएका व्यक्तित्वलाई स्मरण र बिद्यार्थीलाई प्रोत्साहन गर्ने गरी स्थापना गरिएको कोषको कार्य सह्रानिय भएको बताए । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, तेजरत्न स्मृति पुरस्कारका संस्थापक लालचन्द्र राजभण्डारी, कालिका भगवति गुठीका अध्यक्ष राजु खड्का, नेपाल पत्रकार महासघं बागलुङका सचिव दिल शिरीष, बिद्यार्थीका तर्फबाट सिजन सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।
स्वर्गिय केसी र स्मृति कोषका बारेमा अमृत आदर्श उच्च माविका प्रिन्सिपल महेशचन्द्र प्रधानले जानकारी दिएका थिए । कार्यक्रम भीम स्मृति प्रतिभा कोषका संस्थापक रुद्रा केसीको अध्यक्षता, प्रकाश केसीको धन्यवाद मन्तव्य र लक्ष्मी खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
भीम स्मृति प्रतिभा कोषद्धारा उत्कृष्ट बिद्यार्थीलाई छात्रवृत्ति प्रदान
Previous Articleतिज गीतः नारी स्वतन्त्रताको अभिव्यक्ति
Next Article १८ भदौ २०७३, ढोरपाटन दैनिक