पर्वत जिल्ला लप्सी खेतीले देशभर चर्चित छ । त्यहाँ व्यवसायिक रुपमा लप्सी खेती गरिएको छ । त्यहाँ उत्पादित लप्सीबाट बनाईएका विभिन्न परिकारहरुको स्वदेशमा मात्रै होइन विदेशमा पनि माग बढ्दो छ । लप्सी खेतीले त्यहाँका जनताको आर्थिक अवस्थामा समेत आमुल परिवर्तन ल्याएको छ । पर्वत जिल्ला अहिले व्यवसायिक लप्सी खेतीले चर्चित छ । यस्तै पर्वतमा चिया खेतीको उत्तिकै संभावना रहेको छ । किसानहरुले चिया खेतीमा चासो देखाउँदै खेती गरेपनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा चिया खेती फष्टाउन सकेको छैन । धौलागिरि अञ्चलमा पहिलोपटक पर्वत जिल्लामा सुरु गरिएको व्यावसायिक चियाखेती संरक्षणको अभावमा अलपत्र परेको छ ।
स्थानीयवासीको बेवास्ताका कारण पर्वत जिल्लाको महाशीला गाउँपालिकास्थित फलाम खानीमा सातवर्ष अगाडि जिल्ला विकास समितिको सहयोगमा सुरु गरिएको चियाखेती अहिले गौचरणमा परिणत भएको छ । कृषि क्षेत्रमा लगानी गर्नै तर त्यसको व्यवस्थापन र संरक्षणमा उचित ध्यान दिन नसक्दा सरकारका कार्यक्रम असफल हुदै गएका छन् । जसको उदाहरण पर्वतको फलामखानीमा गरिएको चिया खेती एक उदाहरण हो । उचित संरक्षण र रेखदेखको अभावमा चियाखेती फस्टाउन नसकेको जिल्ला समन्वय समिति बताउँछ । साविकको फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ मा दलित समुदायको आयआर्जन बढाउने उद्देश्यले चियाखेती सुरु गरिएको थियो । दलित समुदायको आर्थिक अवस्था सुधार्ने प्रयास स्वरुप गरिएको चिया खेतीमा सबैभन्दा बढी दलित समुदायले नै चासो देखाउनु पर्छ । दिनभरि ज्याला मजदुर गरी बिहान बेलुकी खानाको जोहो गर्ने दलित समुदायले मात्रै चिया खेतीको संरक्षण संभव छैन । त्यसमा सरकारी नियकाले पनि ध्यान दिनुपर्छ ।
इलामको जस्तै हावापानी भएकाले चियाखेतीको सम्भाबना भएकै कारण फलामखानीमा चिया खेती गरिएको हो । आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएर स्थानीयवासीलाई चियाखेती विस्तारमा हौसला दिएपनि स्थानीवासीको बेवास्ताका कारण चिया बगान अस्तव्यस्त बनेको सरकारी निकायको भनाई छ । दलित समुदायको आयआर्जन वृद्धि गर्न लक्षित चिया खेतीलाई स्वयम् दलित समुदाय बढी जिम्मेवार भएर संरक्षणमा लाग्नुपर्छ । एक हजार ८०० मिटरको उचाईमा रहेको फलामखानी गाविसलाई चियाखेतीको पकेटक्षेत्र बनाउने गरी पाँचवर्ष अगाडि २० हजार चियाका बिरुवा रोपिएको थियो । तर, दलित समुदायलाई हस्तान्तरण गरेर मात्रै सम्बन्धित निकायले लक्ष्य प्राप्त गर्न सक्दैन । चिया खेतीको पकेट क्षेत्र बनाउनको लागि सम्बन्धित निकाय बढी जिम्मेवार हुनुपर्छ । बिरुवा रोप्न अनि त्यसको संरक्षणमा ध्यान नदिने होभने चिया खेतीको पकेट क्षेत्र बनाउने सपना केवल सपनामै सिमित हुने निश्चित छ । नगदेबालीको रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्न सक्ने होभने त्यसबाट मनग्य आम्दानी गर्न सकिन्छ । त्यसैले चिया खेतीको संरक्षणमा स्थानिय जनता र सरकारी निकाय ध्यान दिनुपर्छ ।
Previous Articleढोरपाटनको विकासका लागि एमाले र जनमोर्चाबीच तालमेल
Next Article ऐतिहासिक स्थानिय तहको चुनाव–२०७४