कृष्ण प्रसाद शर्मा-यो चुनावमा देशैभरी लगभग तालमेल भयो । काँग्रेसले केन्द्रैदेखी मिलेसम्म माओबादी केन्द्र सँग तालमेल गर्ने सूचना सम्प्रेषित गर्यो । एमालेले केन्द्रमा रा.प्र.पा. सँग गर्यो भने बागलुङ जस्तै दुई चार ठाउँमा रा.प्र.पा. सँग तालमेल गर्यो । राजमोले एमालेसँग बागलुङमा गर्यो । कतै–कतै जिल्लाकै निर्णयमा अरू पार्टिसँग चुनावमा तालमेल गरेर गए । नजिता आउँदैछ । सबै भरतपुरतिर केन्द्रित छन् । तर देश भरतपुरभन्दा बाहिर पनि छ ।
खासगरी बागलुङको नतिजा मिश्रित आएको छ । सबैले जितेका छन् केवल नयाँ शक्तिबाहेक । जसमा ४÷४ वटा प्रमुख काँग्रेस र एमाले पाए, १÷१ ठाउँका प्रमुख माओबादी केन्द्र र रा.ज.मो. ले पाए । यस्तै काँग्रेसले ४ वटा उपमेयर, एमाले र रा.ज.मो. ले २÷२ उपमेयर र माओबादी र रा. प्र. पा.ले १÷१ उपमेयर जितेका छन् । कुल ८५ वडामा काँग्रेसले ३१, एमालेले २५, १४ रा.ज.मो, १२ माके, १ वैध नेतृत्वको माओबादी र २ वडामा स्वतन्त्रले जिते ।
काँग्रेसले संसदीय चुनावमा ३ वटै क्षेत्र जितेको थियो । काँग्रेसले बागलुङमा राम्रोसँग भोट हाल्न पाउने आशा नै ठूलो कुरा हुन्थ्यो । संभवत अहिले पहिलोपटकै होला काँग्रेसले मन फुकाएर भोट हालेको पनि । जिल्लाबाट कुनै बेला बन राज्यमन्त्री पाएको, विधार्थी नेता केन्द्रिय स्तर रहेको पार्टिले यो पटक त्यती राम्रो सफलता हाँसिल गरेन । काँग्रेसले गड मानेका वडामा एमालेले जितेपछि काँग्रेसले अधिकाँशलाई काँग्रेसी देखे उनीहरूको भाषामा अन्तरघात गरे । काँग्रेसलाई लामो समयसम्म विश्वास गरे पनि जिल्लामा खासै विकास हुन नसकेको देखेर होला यस पटक रुखको टि–सर्ट लगाएर सुर्यमा मत दिए । काँग्रेसलाई जनताले अलिकति सजग बनाए की जस्तो छ । केन्द्रमा जे गरे पनि मुक दर्शक देखिएका सांसद, साहनुभुतिले जितेका सांसद र जिल्लाको विकासबारे स्पष्ट धारणा राखेर काम नगरेका सजाय भोटमार्फत दिए । जिल्लाका काँग्रेस न शुशिला कार्किको स्पष्ट बोले, न नवराज सिलवालकोमा बोले न राष्ट्रिय एजेण्डामा बोले केवल शेर बहादुरको लाहा छाप भएको देखेर अलिकति सच्चिने सन्देश दिए । जुन कुरा अब काँग्रेस बुझ्छ होला । काँग्रेसको पछिल्ला कदमहरूले जिल्लालाई समेत असर गर्यो । काँग्रेस र काँग्रेसी छुट्टाउने सन्देश दियो ।
माओबादीका केन्द्रिय नेताहरू समेत रहेको जिल्लामा एउटा मेयर र २ वटा उपमेयर मात्रै जित्नु कत्तिको जनमत हो जनताले आँफै बुझुन । माओबादीको हालत जति बाहिर सोचे जस्तो थियो खास रहेनछ । कतिपय ठाउँमा उम्मेदवार नै उठाएन तालमेल नहुँदा पनि । नैतिक हिसाबले केन्द्रिय तहमा रहेका नेताहरूको जनमत गाउँमा छैन भन्ने सन्देश जान्छ भने माकेमा जिल्लामा पनि परिवारबादको छनक देखियो जुन माकेले अरू पार्टिलाई देश बिगार्ने धेरै कारणमध्ये एक ठान्द्थ्यो कुनै बेला । माओबादीको हार केन्द्रैदेखी छ जसको असर जिल्लामा पनि पर्यो । माओबादीको यसपटक जनताले भोट दिएनन् किन कि उनीहरू चाहन्थे माओबादी कम्युनिष्ट चरित्र देखाओस् तर जसले आफ्नो टाउकाको मुल्य तोकेको थियो उसै सँग सहकार्य गर्ने उर्दिलाई जनताले अनुमोदन गर्न चाहेनन् । केन्द्रिय स्तरका नेता अझ शिक्षामन्त्री पाएको जिल्लाले शिक्षामा समेत खासै पाएन । जनताले सत्तामा भएका बेला केही नगरेकालाई अहिले पताएनन् । माओबादी केन्द्रमा अझै पुराना भाषा कायमै समेत देखिन्छ यहाँ । यद्यपी माओबादीलाई जनतालाई अझै माडीमै जस्तै माफ दिएका छैनन् । अझै केही चुनावमा माओबादीले आफ्नो ईमान्दारी देखाउन भनेका छन् ।
बाख्राको टाउको झुण्डाएर खसीको मासु बेच्ने थलो संसद हो भनेर कहिले उपयोग त कहिले बहिष्कार गरेको रा.ज.मो. जिल्लामा तालमेलको फाईदा राम्रै सँग लियो । खास गरी प्युठान, अर्घाखाँची र बागलुङमा केन्द्रित रा.ज.मो. कुनै बेला बागलुङ जनमतमा राम्रै थियो । एक ठाउँमा मेयर र २ ठाउँमा उपमेयर र केही ठाउँमा बडाध्यक्षहरू जितेको छ । केन्द्रमा तालमेलको आधिकारिक घोषणा नभए पनि जिल्लै नेताहरूले तालमेल गरे । संख्याका हिसाबले धेरै साँसद नभए पनि राष्ट्रिउताका सवालमा स्पष्ट विचार नै अहिले भोट पाउने उचित तागत हो । बिकास गर्छु भनेर कहिलै भोट नमागेका चित्र बहादुरको पार्टिलाई अहिले भोट पाउनु जनता आँफैले अधिकार पाएकोले पनि जित्नु पर्छ भन्ने आशाका साथ लागे । यो पटकको भोटले राजमोलाई एमालेको लाईनमा हिड्न खोजेको देखाउँछ जसलाई बैचारिक रुपमा भन्दा राष्ट्रियताका सवालमा अझैसंगै जान संकेत गर्दछ । राजमो को बढ्दो लहर छ तर बिस्तारित रुपमा देशब्यापी भने देखिंदैन ।
प्रमुख प्रतिपक्षमा रहेको एमालेले यहाँ रा.प्र.पा. सँग तालमेल गर्यो । ४ मेयर त जित्यो नै अझ बा.न.पा. को मेयरमा जित्नुले एमालेको बजारमा पछि छबी राम्रै देखिन्छ । राष्ट्रियताका सवालमा स्पष्ट अडान राखेको एमाले तालमेलले आफ्नो चिन्हलाई राम्रैसँग प्रयोग गर्न सक्यो । आफ्नो पकट क्षेत्र नभएका ठाउँमा पनि जीत हांसिल गर्यो । एमालेले जिल्लामा देखाएको सकृया र पाएको मतहरू हेर्दा केन्द्रमा एमाले प्रति देखिएको लहर यतापनि देखिन्छ । एमालेलाई यो चुनावले जिल्लामा आफ्नो स्थान उच्च राख्न संकेत त गर्छ नै यसको अलवा एमालेले कतिपय ठाउँमा उठाएका उम्मेदवार जनताको आशा अनुरुप पनि थिएन भन्ने देखिन्छ । एमालेले अब जिल्लालाई हाक्ने ठूलो शक्तिका रुपमा देखाउँछ भने अबका चुनावमा रा.ज.मो. सँग पुन सहकार्य गरेर जाने बातावरण समेत बनाएको देखिन्छ ।
केन्द्रिय स्तरका २÷३ जना नेता रहेको नयाँ शक्तिका लागी बागलुङ दाँतमा ढुङ्गा लाग्यो । हुन त गोर्खामै बाबुराम जीको ठाउँमा आफ्नो स्थान नील भएको छ । देवेन्द्र पौडेलकै वडामा १०० मत नपुगे पछि त्यहाँ भोट नै त्यति नै होकी अरू कसैलाई हाले थाहा भएन । नयाँ शक्तिलाई यो जिल्लामै जनताले पताएनन् अब धेरै बल नगरे नयाँ शक्तिलाई भविष्य देखिंदैन । अब नयाँ शक्तिको समृद्धी हाम्रै पालामा भन्ने कुरा साकार गर्न अहिलेकोले सम्भव छैन भन्ने स्पष्ट सन्देश दिएको छ । समग्रमा, अहिलेको तालमेल बिकासका लागी पनि रहीरहोस् जनताले यहि अपेक्षा गरेको सन्देश समेत सबै पार्टिले बुझ्न जरुरी छ ।