पर्वत, ८ जेठ-स्थानीय तहमा निर्वाचित विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा पदस्थापन कार्य सम्पन्न भएको छ । पदस्थापन कार्य सम्पन्न गर्ने क्रममा आइतबार पर्वतको मोदी गाउँपालिकाको वडा नं. ६ का नवनिर्वाचित अध्यक्ष विमल लामिछानेले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका अवसरमा बोल्दै लामिछानेले तिलाहारको सम्पूर्ण विकासको जिम्मेवारी आफुमाथि आइपरेको बताउँदै आगामी ५बर्ष भित्रमा तिलाहारलाई विकास निर्माण कार्यबाट मोदी गाउँपालिकाको नमुना वडाका रुपमा विकास गर्ने बताएका थिए । कार्यक्रममा उनले निर्वाचित जनप्रतिनिधिले अवश्यपनि मुलुकको विकासमा ठूलो भूमिका खेल्ने बताए ।