जिल्लाको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले प्रमुख र उपप्रमुख सहित विजयी भएको छ । उनका निकटतम प्रतिष्पर्धी नेपाली काग्रेस माओबादी गठबन्धनका प्रमुख पदका उम्मेदवार प्रदीप थापाले २१६७ मत प्राप्त गरेका थिए । राष्ट्रिय जनमोर्चाका उम्मेद्वार कृष्णप्रसाद शर्माले ३०३४ मत प्राप्त गर्दै निर्वाचित भएका छन । त्यस्तै उपप्रमुखमा दिलकुमारी पुनले २९६४ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन ।
गाउँपालिकाका ५ वडाअनुसार १ नं वडामा राजमोका नरसिंह पुनले ११९४,वडा नं २ मा नेपाली काग्रेसका गुप्तप्रसाद काला थापाले ८१४,वडा नं ३ मा राजमोका पूर्णबहादुर खनालले ७६९,वडा नं ४ मा स्वतन्त्र उम्मेदवार लिलबहादुर खत्रीले ३७५,वडा नं ५मा नेपाली काग्रेसका अमरबहादुर सेरपुजाले ३७७ मत प्राप्त गरेको बरेङ गाउपालिकाका निर्वाचन अधिकृत बद्रिनाथ शर्माले बताए ।