म्याग्दी, २९ वैशाख- बेनी नगरपालिका–६ बास्बोटकाका बृद्धा प्रेमलाल उपाध्यायले नमुना मतदानको क्रममा केहीमा मत दिएर मतपेटिकमा खसाले । जामुनाखर्क मावि मतदान केन्द्रमा नमुना मतदानमा मत खसाल्दा वडा सदस्यामा मत सङ्केत गर्ने क्रममा अलमलमा परे । दुई कोलमभित्र कुनै दुई कोठामा मात्रै मत सङ्केत गर्नुपर्नेमा उनले बदर सबै मत बदर हुने भन्दै खाली छोडेर निस्किए । उपाध्यायसंगै नमुना मतदानमा सहभागि भएका अर्का बृद्धा हरिदत्त प्रसाद उपाध्यायले समेत सातवटै चिन्हमा स्वस्तिक छाप लगाउँदा अलमलमा परे । जिल्ला निर्वाचन कार्यालयले मतदातालाई नमुना मतदानमा सहभागिता गराउने उद्देश्यले मतदान परिचय पत्र लिन आएका मतदाताको सहभागितामा नमुना मतदान कार्यक्रम गरेपनि बृद्धबृद्धा, निरक्षर मतदाताले मतदानको क्रममा अलमलमा परेका थिए । नमुना मतदानमा सहभागि भएका बुढापाकाले मतदान गर्ने प्रक्रिया फलामको चिउरा चपाएजस्तै भएको प्रक्रिया समेत दिएका थिए । जिल्लामा नेपाली कांग्रेस र माओवादी केन्द्र विच बेनी नगरपालिका, मंगला र धौलागिरि गाउँपालिकामा चुनावी तालमेल, नेकपा एमाले र राप्रपा विच बेनी नगरपालिका, नेकपा एमाले, माओवादी केन्द्र, र राप्रपा विच रघुगंगा गाउँपालिकामा तालमेल गरेर चुनावी मैदानमा उत्रिएको अवस्थामा तालमेल गरेको पदमा मतदान गर्न निरक्षर र बुढापाकालाई समस्या भएको यूवा अर्जुन पौडेलले बताए । स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, महिला, दलित र दुई खुल्ला सदस्यलाई मत खसाल्नुपर्ने अवस्थामा दल विचको चुनावी सहकार्यले मतदातामा अन्यौलता थपिएको पौडेलको भनाई छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाभर रहेका ७२ मतदानस्थल मध्ये बेनपा–६ जामुनाखर्क मावि मतदान केन्द्रमा रहेका कुल ११ सय ३२ मतदातालाई लक्षित गरेर नमुना मतदानको अभ्यास गरेको थियो । निर्वाचन अधिकृत केदारनाथ पौडेलका अनुसार ४०जना मतदाताले सहभागिता जनाएका थिए । नमुना मतदान लगत्तै मतदानको सम्रग प्रक्रियाका बारेमा जानकारी गराइएको थियो । निर्वाचन कार्यालयका साथै दलहरूले समेत आफ्नो मतपत्रमा मतदान गर्ने तरिकाका बारेमा जानकारी गराइरहेका छ । कुल ७१ हजार ४ सय ६३ मतदाता रहेको म्याग्दीमा ७२ ओटा मतदानस्थल र १०२ ओटा केन्द्रहरु तोकिएको छ ।
Previous Articleमालिका मन्दिरमा ५ हजार भक्तजन
Next Article मौन समयमा के गर्ने के नगर्ने ?