म्याग्दी, २९ वैशाख- बैशाख पुर्णिमाका दिन म्याग्दीको प्रसिद्ध मालिका मन्दिरमा ५ हजार भन्दा धेरै भक्तजनले दर्शन गरेका छन् । मालिका गाउँपालिकाको दरवाङ, बिम र रघुगंगा गाउँपालिकाको पाखापानीको सिमानमा अवस्थित मन्दिरमा स्थानीय तहको निर्वाचनको माहोलका विचमा पनि भक्तजनको भिड लागेको मालिका मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताए । उनका अनुसार बुधबार विहान करिव ३ बजेदेखी दिउँसो ३ बजेसम्म भक्तजनको भिड लागेको थियो । मन्दिरमा म्याग्दीका विभिन्न गाउँपालिकाका साथै बागलुङ, पर्वत लगाएत विभिन्न जिल्लाबाट समेत छिटफुट भक्तजनहरु आएका थिए । अग्लो पहाड त्यसमा पनि जोखिमपुर्ण यात्रा गरेर आफ्नो मनोकामना पुरा हुने जनविश्वासका साथ विभिन्न क्षेत्रबाट पुगेका दर्शनार्थीहरुले विहानै देखी मन्दिरमा पुजाआजा गरेका थिए । मन्दिरमा १९ हजार ५५५ रुपैयाँ भेटी संकलन भएको छ । पुजाआजालाई ब्यवस्थित आमा समुह, युवा क्लव र ब्यवस्थापन समितिले दुईदिन देखि ब्यवस्थापन गरेका थिए। मन्दिरमा हुनै अप्रिय घटना हुन नदिन इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी घटाइएको थियो । मालिका, जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने विस्वासका साथ सयौं वर्षदेखि पुजा हुँदै आइरहेको मन्दिरमा पुगेका भक्तजनहरूको विस्वास अनुसार कम्तिमा तिन पटक त्यहाँ पुगेर मालिका मन्दिरको दर्शन गरेमा मनोकामना पनि पुरा भक्तजनको भनाई छ । स्कुले बालबालिका देखी बृद्धबृद्धा सम्म करिव ७ घण्टा पैदल यात्रा गरेर मन्दिर सम्म पुग्ने गर्दछन् । सयौंबर्ष अगाडी देखी सामान्य मन्दिर बनाएर पुजाआजा गर्ने गरिएको मन्दिरमा पछिल्लो समय सरकारी निकाय र स्थानीयबासीका साथै आफ्नो मनोकामना पुरा भएकाहरूको सहयोगबाट मन्दिर, सत्तल, खानेपानी, शौचालयका साथै मन्दिरसम्म पुग्ने पदमार्ग समेत निर्माण गरिएको छ ।मन्दिर आसपासको क्षेत्रबाट देखिने घना जंगल, बन्यजन्तु, हिमश्रंखलाका साथै कास्कीको फेवाताल सहित आसपासका दृष्यले धार्मिक तथा पदमार्गमा जाने पर्यटकलाई लोभाउने गरेको छ । मन्दिरसम्म पुग्न कुहुँको टोड्के, थाईवाङ, हिदी, दरबाङको दुखु, पाखापानीबाट समेत पैदलमार्ग रहेको छ । सबैजसो बस्तीमा सडक पुगेपनि दर्शन गर्न जाने अधिकांस पदैलयात्रा मार्फत मन्दिरसम्म पुग्ने गर्दछन् । पुजाआजको क्रममा अघिल्लो दिन विताउने दर्जनौ ओडारहरू समेत छन् । समुन्द्री सतहदेखि करिव ३३ सय मिटरको उचाईमा अवस्थित बर्षमा तिनपटक पुजाआजा हुन्छ । मन्दिरमा पशुपंक्षिको बली चढाउने गरिन्छ । मालिका, जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने जनविश्वासका कम्तिमा पनि एकजना भक्तजन तिनपटक पुग्ने गर्दछन् । स्थानीय तहको निर्वाचन लगत्तै मन्दिरलाई थप पुर्वाधार विस्तारका साथै आर्कषक गन्तब्य बनाउने विभिन्द दलले आफ्नो घोषणापत्रमा समावेश गरेका छन् ।
Previous Articleयस्तो छ ध्यान गर्ने उपयुक्त तरिका
Next Article फलामको चिउरा चपाए जस्तो भयोः नमुना मतदाता