काठमाडौं, २९ वैशाख- झण्डै ५ करोड अवैध विदेशी मुद्रासहित ६ चिनियाँ नागरिक नागढुंगाबाट प्रक्राउ परेका छन् । ठुलो परिमाणमा विदेशी मुद्रा राजश्व छली गरी अवैध रुपमा ओसार पसार गरेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो । चन्द्रागिरी नगरपालिका ३ नागढुंगामा शंकास्पद सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ग १ य ८५० र ग १ य ८५५ नम्बरको स्कर्पियो गाडीमा भएका व्यक्तिहरूबाट अवैध विदेशी मुद्रा बरामद भएको छ । प्रहरीका अनुसार ३ लाख ६६ हजार २५० अमेरिकी डलर, ६८ हजार ५० युरो, २९ लाख ५० हजार चाइनिज युयान १८ हजार ८६५ डटछ पाउण्ड स्टर्लिङ बरामद भएको छ । उनीहरूको साथबाट अष्ट्रलियन डलर, स्विस फ्रयाङक, हङकङ डलर पनि बरामद भएको छ । उनीहरूबाट बरामद भएको रकम ४ करोड ९२ लाख ९३ हजार ४३० रूपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिकमा एक पुरूष छन् भने बाँकी ५ महिला छन् । उनीहरूलाई अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।
Previous Articleप्रचारप्रसारको अन्तिम दिन दलहरुको शक्ति प्रदर्शन
Next Article यस्तो छ ध्यान गर्ने उपयुक्त तरिका