बागलुङ, २८ वैशाख- स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन बिहीबार बागलुङका राजनैतिक दलहरुले आफ्नो शक्ति प्रदर्शन सहित ¥याली गरेका छन् । विहीबार बागलुङ बजारमा नेपाली काँग्रेस र नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालको संयुक्त प्यानलका उम्मदेवारहरु सहितको टोलीले बागलुङ बजारमा ¥याली सहित आ–आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।
३ नं वडामा कागेसको घरदैलो
स्थानीय निर्वाचन नजिकिदै जाँदा उम्मेदवारहरूको मतदातालाई आकर्षित गर्न घरदैलो अभियानलाई तिब्रता दिएका छन । बागलुङ नगरपालिका ३ नं वडाका नेपाली कागेसका वडा अध्यक्षका उम्मेदवार जितबहादुर कार्की
(बद्री) को नेतृत्वमा घरदैलो अभियान सम्पन्न गरेका छन । किनारा टोल, हल्लनचोक, नाग रोड, गुठी, नयाँ बजार, कम्पुटोल , नारायण चोक, राधाकृष्ण टोल, भूपी चोक र श्रीनगर टोलमा मतदाताहरूसंग नेपाली कागेसको उम्मेदवारहरूलाई मतदान गर्न मतदाताहरूलाई अनुरोध गरेका थिए । वडाको समग्र विकासको लागि आफ्नो टिम योग्य भएकोले विजयी गराउन कार्कीले आगह गरे । घरदैलो अभियानमा वडा अध्यक्षका उम्मेदवार जितबहादुर कार्कीको नेतृत्वमा महिला सदस्य खड्ककुमारी खड्का, दलित महिला सदस्य सरस्वती किसान सार्की,खुल्ला सदस्यहरू उमेश केसी र हरि प्रसाद श्रेष्ठको सहभागिता थियो ।
वडा नं २ मा एमाले र राप्रपाको घरदैलो
नेकपा एमाले बानपा वडा नं २ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो अभियान अन्र्तगत बजारका श्रीनगर टोल, हाँडेपाखा, आवारोकगचभड, मिलिजुली टोल लगायतका स्थानहरुमा घरदैलो अभियान सम्पन्न गरिएको नेकपा एमाले वडा नं २ का वडा अध्यक्षका उम्मेद्वार जीवन आचार्यले बताए । उक्त अभियानमा बागलुङ नगरपालिका एमाले र राप्रपाका मेयर उपमेयरका उम्मेद्वारहरुको नेतृत्वमा घरदैलो अभियान सम्पन्न भएको थियो । घरदैलो कार्यक्रममा एमालेका मेयरका उम्मेद्वार जनक पौडेल, उपमेयरका उम्मेद्वार सुरेन्द्र खड्का र वडा अध्यक्षका उम्मेद्वारहरुले आधुनिक र समृद्ध नगर तथा वडा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । घरदैलो अभियानमा महिला खुल्ला सदस्य रिमा कुमारी राना गुरुङ,दलित महिला सदस्यमा बुधिमाया बोसेल थापा, खुल्ला सदस्य सुरज बोसेल र दुर्गा बहादुर खत्रीको सहभागिता रहेको थियो ।
माओवादी केन्द्रका उम्मेदवार मतदाता घर घरमा
बागलुङ नगरपालिका वडा नं ६ का माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वार कविराम किसानले समग्र विकास र उन्नतीको लागि माओवादीको उम्मेदवारहरूलाई मतदान गरी विजयी गराउन मतदातालाई आग्रह गरेका छन । वडा अध्यक्षका उम्मेदवार कविराम किसानको नेतृत्वमा भान्सा, सिम, लमगाउ, भिरलाङखुरी, स्वारा लगाएतको स्थानहरूमा घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको छ । उक्त अभियानमा दलित महिला सदस्य जुना नेपाली, खुल्ला सदस्यहरू नन्द बहादुर थापा, भुवानी शंकर सापकोटा र महिला सदस्य तारा नेपालीको सहभागी रहेको नेकपा माओवादी केन्द्र वानपा ६ का पार्टीको वडा अध्यक्ष गुरू प्रसाद सापकोटाले बताए ।
गलकोटमा माओबादी केन्द्रको कोण सभा तथा र्याली
‘माओवादी केन्द्रको उपहार, गाउँ नगरमा सिंहदरबार’ भन्ने मुल नाराका साथ माओवादी केन्द्र गलकोट नगरपालिकाले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि हरिचौरमा कोण सभा सम्पन्न गरेको छ । कोण सभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपलिकाका मेयर पदका उमेदवार फमलाल निउरे र उपमेयरका उमेदवार ललिता थापाले सिंहदरबारका अधिकार गाउँ नगरमा आईसकेको अवस्थामा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा मतदान गरी नेकपा माओवादी केन्द्रलाई विजयी गराउन आग्रह गरेका छन । कोण सभा पूर्व माओजवादी केन्द्रले गलकोट नगरपालिकाको दुदिलाभाटी चौरहा देखी नरेठाटी बजार, हटिया बजार, आँगाखेत, बासखोला, छिस, हुँदै हरिचौर ठूलाथरसम्म र्याली सम्पन्न गरेको थियो । र्यालीमा माओवादी केन्द्रका नेता, कार्यकर्ता, वाईसियल लगायतको सहभागिता रहेको थियो ।
Previous Article२९ बैशाख २०७४, ढोरपाटन दैनिक
Next Article विदेशी मुद्रासहित ६ चिनियाँ प्रक्राउ