यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि (आज) बिहीबार राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न र गराउन निषेध गरिएको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६०को ९१०मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निधारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।’ सोही निर्देशिकाको दफा ७० को उपदफा ९१ ०मा मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउने वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ । यस्तै आइतबार हुने स्थानीय तह चुनावको प्रचारका लागि आजको दिन मात्रै बाँकी छ । बिहीबार राती १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले त्यसपछि चुनाव प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मौन अवधिमा फेसबुक र एसएमएसमार्फत पनि भोट माग्न पाईंदैन । बिहीबार राति १२ बजेदेखि घरदैलो, आमसभा, र्रुयालीसहित सामाजिक सञ्जालमार्फत गरिने सबै प्रकारका प्रचारमा रोक लाग्ने उनको भनाई छ । मौन अवधिमा कसैले फेसबुक तथा एसएमएसमार्फत भोट मागेको भेटिएमा आचारसंहिता उल्लंघन गरेको ठहरिने र कारबाही हुने उनँको भनाई छ । मोबाइल फोन तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण यसपटक धेरै उम्मेद्वार तथा नेता कार्यकर्ताले फेसबुक, युट्युब र एसएमएसमार्फत चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।
Previous Articleसवै निर्वाचन केन्द्रमा मतदान टोली पुग्यो
Next Article २८ वैशाख २०७४, ढोरपाटन दैनिक