बागलुङ, २८ वैशाख- नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र र राप्रपाबीच तालमेल भएर साझा उमेदवारी दिएका काँठेखोला गाउँपालिकाका उमेदवारहरुले वडा नंं ८ लेखानीलाई नेपाली कागज र जडिबुटीको विशेष क्षेत्र बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । चुनावी अभियानका क्रममा काँठेखोला गाउँपालिका वडा नं. ८ लेखानीको कादेशमा बुधवार बिहान आयोजित चुनावी सभामा बोल्ने उमेदवारहरुले यस्तो बताएका हुन् । विगतदेखि नै लेखानीमा नेपाली कागज उत्पादन हुदै आएकोमा आगामी दिनमा थप व्यवस्थित र व्यवसायिक रुपमा विस्तार गर्ने प्रतिवद्धता जनाउदै उमेदवारहरुले गाँजाको धुरी सहितका जंगलमा पाइने जडिबुटीलाई समेत व्यवस्थापन गर्ने बताए । पर्यटनको हिसावले गाँजाको दह, घोडाबाधे लगायतका क्षेत्रलाई व्यवस्थित गर्नुका साथै लेखानी र कादेशमा आकाशे पुल निर्माण गरी बञ्जिजम्पको व्यवस्था गर्ने प्रतिवद्धता पनि उनीहरुको छ । उमेदवारहरुले लेखानीको समग्र विकासका लागि आफ्नो प्यानललाई विजयी गराउन आव्हान गरेका थिए । उनीहरुले पर्यटन क्षेत्रको विकासका लागि लेखानीको कादेशमा होम स्टे सञ्चालन गर्ने, महिला शसक्तिकरण, स्थानीय संस्कृतिको संरक्षणका लागि समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसीले काँठेखोला गाउँपालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा रुपान्तरण गर्नका लागि अम्मरबहादुर थापा सहितको प्यानल सक्षम रहेकाले सहयोग गर्न सबैसंग आव्हान गरेका थिए । कार्यक्रममा नेकपा एमाले बागलुङका सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसी, राष्ट्रिय जनमोर्चा काँठेखोला गाउँपालिकाका सहसंयोजक लक्ष्मण पुन, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्की, एमालेका पूर्व क्षेत्रीय सदस्य विश्व गौतम, भूतपूर्व सैनिक संगठन लेखानीका अध्यक्ष एकराज कंडेल लगायतले काँंठेखोलामा अम्मरबहादुर थापा नेतृत्वको प्यानल विजयको संघारमा पुगेकोले सबैलाई सहयोग गर्न आव्हान गरेका थिए । कार्यक्रम नेकपा एमाले वडा नंं ८ लेखानीका अध्यक्ष बेलबहादुर जिसीको अध्यक्षता, उपाध्यक्ष मनबहादुर काउचाको स्वागत र उपसचिव भक्तबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleनब्बे काटेका आमाबुबा भन्छन्,‘चुनाबमा भोट हाल्छौ’
Next Article यी हुन तनाव कम गर्ने १० योगासन