शिवहरि दाहाल
कसको भिजन कस्तो रैछ, सबैलाई सुनौँ
देश बनाउने मान्छेलाई, खोजीखोजी चुनौँ ।
कहिले विवाद जाति भाषा, कहिले लिङ्ग क्षेत्र,
सबथोक बिर्सी सिङ्गो नेपाल, एउटै मालामा उनौँ ।
व्यक्ति मिली समाज बन्छ, समाज मिली देश,
समाज विकास नै राष्ट्र विकास, यो कुरालाई गुनौँ ।
डरधम्की भोजभतेर वा धनसम्पत्तिको,
प्रलोभन त्यागी योग्य व्यक्ति छानी मनमा थुनौँ ।
असल व्यक्ति चुने मात्र, हामी भन्न सक्छौँ,
समृद्ध बन्छ नेपाल, आजै स्वप्ना बुनौँ ।