बागलुङ, २५ वैशाख- राष्ट्रिय पत्रकारीता दिवसको अवसरमा आईतबार बागलुङमा दिप प्रज्वलन गरी मनाइएको छ । लोकतान्त्रिक चोकमा दिप प्रज्वलन पछि बोल्ने वक्ताहरुले पत्रकारीतालाई मर्यादित तबरले अगाडी बढाउनु पर्ने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पूर्व अध्यक्ष रामबहादुर जिसी, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव रामकृष्ण शर्मा, प्रगति पत्रकार संघका केन्द्रिय सदस्य ताराप्रसाद शर्मा र बागलुङ जेसीसका पूर्व अध्यक्ष सुदीप राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सम्पन्न भएको दिप प्रज्वलन कार्यक्रमको स्वागत उपाध्यक्ष नरेश कंडेल र संचालन सचिव राम थापा अविरलले गरेका थिए ।
Previous Articleम्याग्दीका दलको चुनाव केन्द्रीत अभियान जारी
Next Article बागलुङमा स्थानीय चुनावीको रौनक बढ्दै