बागलुङ, २३ बैशाख – जिल्लाको तमानखोला गाउँपालिकामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । तमानखोला गाउँपालिकाको दुई ओटा वडामा अध्यक्ष सहित सबै सदस्य निर्बिरोध भएका छन् । तमानखोला गाउँपालिकाको वडा नम्बर–३ मा वडा अध्यक्ष सहित चारै जना काँग्रेसका वडा सदस्यका उम्मेद्धार सर्बसम्मत भएका हुन् । वडामा अरु कुनै पार्टी र स्वतन्त्र उम्मेदवारी समेत नपरेपछि निर्विरोध भएको सहायक निर्वाचन अधिकृत खिमबहादुर विकले जानकारी दिए । अध्यक्षमा गिरबहादुर घर्ती, महिला सदस्यमा मनकुमारी बुढाथोकी, दलित महिला सदस्यमा भुलमती सिरपाली र खुल्ला सदस्यमा गोविन्द बुढा र होमबहादुर घर्ती निर्बिरोध भएका हुन् । तमानखोलाकै वडा नम्बर–६ मा भने नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका छुट्टाछुट्टै उम्मेदवार निर्विरोध भएका छन् । अध्यक्षमा काँग्रेसका कुलबहादुर छन्त्याल, खुल्ला महिलामा एमालेका मैनादेबि छन्त्याल, दलित महिलामा माओवादी केन्द्रका निर्मलादेबि विक तथा २ खुल्ला सदस्यमा नेपाली काँग्रेसका लोकबहादुर छन्त्याल र माओवादी केन्द्रका थमप्रकाश रसाईली निर्विरोध भएका हुन् । निसीखोला गाउँपालिकामा नेपाली काँग्रेसबाट आधिकारीक उम्मेदवार तारानाथ पौडेलको विरुद्ध बागि उठेका प्रकाश कुँवरले उम्मेदवारी फिर्ता लिएनन् । गाउँपालिका अध्यक्षको अकांक्षी रहेका वडा नम्बर–७ का कुँवरले पार्टीको तर्फबाट अध्यक्षको टिकट आफुले नपाएपछि वडा अध्यक्ष सहित चारै जना सदस्यले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । सात नम्बर वडामा काँग्रेसले पार्टीबाट उम्मेदवार सिफारिस भएका वडा अध्यक्षका उम्मेदवार तेजेन्द्र विक्रम कुँवर सहित अरु चारै जनाले गाउँपालिका अध्यक्षमा प्रकाश कुँवरले टिक नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएपछि काँग्रेसले आफ्नो अधिकारीक मनोनयन दर्ता नै गर्न पाएन ।
Previous Articleविभिन्न स्थानमा चुनावी प्रचार अभियान
Next Article प्रधानन्याधिश कार्कीलाई काममा फर्कन सर्वोच्चको आदेश