बागलुङ, २३ बैशाख – काठेखोला गाउपालिकाको उमेदवारहरुलाई श्ुक्रवार एक कार्यक्रमका विच स्वागत गरिएको छ । काठेखोला गाउपालिकामा बाम तालमेल पछिको पहिलो स्वागत कार्यक्रम राष्ट्रिय जनमोर्चा काठेखोला ४ तग्रामको आयोजनामा स्वागत कार्यक्रम गरेको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, नेकपा एमाले केन्द्रिय सदस्य मनकुमारी केसि, जलस्रोत तथा उर्जा विभागका केन्द्रिय सदस्य हिरा बहादुर केसि,माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण थापा, काठेखोला गाउपालिकाको अध्यक्षका उमेदवार अमर थापा, काठेखोला गाउपालिका वडा ४ का वडा अध्यक्ष तिलक थापा लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने नेताहरुले काठेखोला गाउपालिकाको समृद्ध विकास संगै आर्थिक, भौतिक र सांस्कृतिक विकासको लागि बाम नेतृत्वको आवश्यक रहेकाले बाम एकतालाई मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रम राष्ट्रिय जनमोर्चा ब काठेखोला गाउपालिका ४ का अध्यक्ष ओम पुनको अध्यक्षता, लक्ष्मुण पुनको स्वागत र टिका संगम विकको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleकार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि संसद्मा छलफल हुन सकेन
Next Article २०७४ बैशाख २३ गते शनिबारको राशिफल