म्याग्दी, २० वैशाख-जिल्लामा एकजना तेस्रो लिङ्गीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनबाट भएका छन् । अन्नपुर्ण गाउँपालिका–४ की दिलु बुदुजाले स्थानीय नेतृत्वमा पुग्ने आफ्नो योजना अनुसार नेकपा एमालेबाट गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने तयारी गरेपनि निर्वाचन आयोगले तेस्रो लिङ्गीको अधिकारलाई प्रष्ट उल्लेख नगरेकाले उम्मेदवार बन्नबाट बन्चित भएकी हुन् । नेकपा र्एमालेबाट अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मतिले उपप्रमुखको उम्मेदवार बनेपनि आयोगले तेस्रो लिङ्गीलाई पुरुष सरह मान्यता दिएपछि अन्तिम समयमा आएर आफ्नो उम्मेदवारी गुमेको थियो । पुरुषले गाउँपालिका र वडाको प्रमुख पदका कब्जा जमाउने र महिलालाई उपप्रमुख दिने गरेपनि तेस्रो लिङ्गीलाई राज्यले दिएको तेस्रो दर्जाको मान्यतालाई समेत ब्यवहारिक रुपमा कार्यान्वयन नगरेको भन्दै तेस्रो लिङ्गी आवद्ध रहेका विभिन्न संघसंस्थाले समेत चर्को विरोध गरेका छन् । नेकपा एमालेले अन्नपुर्ण गाउँपालिकामा पुरुषलाई उम्मेदवार बनाउने निर्णय गरेपछि बुदुजालाई महिलाको कोटाबाट उम्मेदवार बनाउन गाउँपालिकाले जिल्लामा सिफारिस गरेको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । जिल्लाकै एक मात्र तेस्रो लिङ्गी बुदुजाले आफ्नो समस्याका बारेमा जिल्ला निर्वाचन कार्यालयमा समेत गुनासो गरेको निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताए । ‘उहाँ निर्वाचन कार्यालयमा पनि आउनुभएको थियो । तेस्रो लिङ्गीको परिचय खोज्दा हामीले आयोगले पठाएको साम्रागी उपलब्ध गरायौं’ पौडेलले भने । जिल्लामा एक बेनी नगरपालिका र पाँच गाउँपालिकामा कुल ७१ हजार ४६३ जना मतदाता रहेका छन् ।
Previous Articleमहोत्सवको रुपमा निर्वाचन
Next Article हत्केला चिलाउँछ ? यी समस्या आउँछन्