बागलुङ, २० वैशाख-करिव २० वर्ष पछि हुन लागेको स्थानीयत तह निकायको निर्वाचनको चुनावी कार्यक्रम अन्तर्गत मंगलबार जिल्लाभर निकै तामझामको साथ विभिन्न पार्टीका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बागलुङका ४ नगरपालिका र ६ गाउँपालिकामा पनि धुमधाम सहित दलहरुले आ–आफ्ना उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराए । बागलुङका कुन स्थानिय निकायमा कति उम्मेदवार र क–कसले दिएत उम्मेदवारी ?
बागलुङका ४ नगरमा को–कोले दिए उम्मेदवारी ?
बागलुङको प्रमुख पदमा ५ जना
बागलुङ-स्थानीयको निर्वाचनको लागि बागलुङमा सवैको चासोको रुपमा हेरीएको बागलुङ नगरपालिकामा नेपाली कांग्रेसले बसन्त श्रेष्ठलाई मेयर र शकुन्तला शर्मालाई उपमेयरमा उमेदवारी दिएको हो ।
यस्तै एमालेले बागलुङ नगरपालिकामा जनक पौडेललाई मेयरमा उमेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चा र राप्रपा सँग तालमेल ग
रेकोले उपमेयरमा राप्रपाका अध्यक्ष सुरेन्द्र खड्काको नाम दर्ता गराएको हो । यस्तै माओवादी केन्द्रले बागलुङ नगरपालिकाको मेयरमा कुशुम बुढा र उपमेयरमा निर्मल श्रेष्ठको उम्मेदवारी दिएको छ । यस्तै बागलुङ नगरपालिकाको मेयरको लागि बानपा ६ की तारा सापकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । कांग्रेसले वडा नं. १ को अध्यक्षमा प्रकाश आचार्य, २ मा सुरेन्द्र बोसेल, ३ मा जितबहादुर कार्की, ४ मा हरिबहादुर जिसी सन्तोष, ५ मा फूलप्रसाद सापकोटा, ६ मा बालकृष्ण सापकोटा, ७ मा दिलबहादुर पराजुली, ८ मा छमबहादुर कार्की राजु, ९ मा राजु थापा, १० मा दलबहादुर थापा, ११ मा ज्ञानेन्द्र गौतम, १२ मा कोपिलामणी शर्मा, १३ मा नारायण शर्मा पौडेल र १४ मा चक्रबहादुर खत्रीलाई उमेदवार बनाएको छ । एमाले र राजमोको प्यानलबाट भने वडा नं. १ मा दुर्गा बहादुर बोहोरा, २ मा जीवन आचार्य, ३ मा लक्ष्मी बाँस्कोटा, ४ मा धु्रव केसी, ५ मा शिवप्रसाद सापकोटा, ६ मा खिमराज सापकोटा, ७ मा खगराज पाण्डे, ८ मा राजन जिसी, ९ मा गणेशबहादुर थापा, १० मा प्रेमबहादुर थापा, ११ मा दलबहादुर पुन, १२ मा गुरुदत्त पाठक, १३ मा प्रेमबहादुर रोका र १४ मा ढुण्डीराज शर्मालाई उमेदवार बनाएको हो । यस्तै माओवादीको तर्फबाट बानपा १ मा रामबहादुर केसी, २ मा बद्रीनारायण शर्मा, ३ मा रतन मलेपति, ४ मा कृष्णबहादुर जिसी, ६ मा कविराम किसान, ७ मा बिकास विक, ८ मा टोपबहादुर खड्का, १२ मा जीवन शर्मा १३ मा रेशमबहादुर क्षेत्री र १४ मा धु्रव परियार रहेका छन् । उमेदवारी नभएका वडामा तालमेलका लागि छाडेको माओवादीले जनाएको छ ।
जैमिनीमा एमाले र जनमोर्चा तालमेल
बागलुङ- स्थानीय निकायको निर्वाचको लागि जैमिनी नगरपालिकामा ५ वटा राजनैतिक दलले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, एमाले र राजमोको संयुक्त प्यालन, राप्रपा, माओवादी र नयाँ शक्तिले प्रमुखमा उम्मेदवारी दिएका छन् । नेपाली काँंग्रेसबाट इन्द्रराज पौडेल र कौशिला विकले उम्मेदवारी दिएका छन् । यस्तै राजमो र एमालेको संयुक्त प्यानलबाट मेयरमा नर बहादुर पुन र उपमेयरमा सावित्रा रानाले उम्मेदवारी दर्ता गराए । यस्तै राप्रपाबाट मेयरमा केशव सापकोटाले दर्ता गराएभने माओवादीबाट मेयरमा शोभाप्रसाद शर्मा र उपमेयरमा देवी शर्मा र नयाँ शक्ति नेपाल पार्टीबाट मेयरमा प्रकाश केसीले उम्मेदवारी दिएका छन् । जैमिनी नगरपालिका– १ मा नेपाली कांग्रेसबाट भुपेन्द्र थापा, २ मा लक्ष्मी प्रसाद सापकोटा, ३ मा वेद बहादुर छन्त्याल, ४ मा याम बहादुर शाहि, ५ मा तोयानाथ आचार्य, ६ मा अमर बहादुर क्षेत्री थापा, ७ मा जित बहादुर राना मगर, ८ मा विजय अधिकारी, ९ मा पूर्ण बहादुर राना र १० मा चन्द्र बहादुर श्रीसले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमाले र जनमोर्चाको संयुक्त प्यानलबाट वडा नम्बर १ मा युक्त प्रसाद चापागाई, २ मा आनन्दप्रसाद अम्बाई, ३ मा तिल बहादुर छन्त्याल, ४ मा चक्र बहादुर थापा, ५ मा गोपाल प्रसाद शर्मा, ६ मा कृष्ण बहादुर थापा, ७ मा पशुपति शर्मा, ८ मा कुल बहादुर पुन, ९ मा भविन्द्र कुँवर शर्मा र १० मा नर बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा माओवादी केन्द्रले वडा नम्बर १ मा पदम बहादुर श्रीस, २ मा नारायण प्रसाद सापकोटा, ३ मा कृष्ण बहादुर भुजेल, ४ मा डम्बर बहादुर सार्की, ५ मा नारायण शर्मा, ७ मा रुद्रनाथ आचार्य, ८ मा हिरालाल विक, ९ मा मिना परियार र १० मा बम बहादुर श्रीसले उम्मेदवारी दिएका छन् । यस्तै राप्रपाबाट वडा नम्बर १ मा नर बहादुर थापा, २ मा लक्ष्मी प्रसाद सापकोटा, ३ मा जुन बहादुर छन्त्याल, ४ मा डम्बर बहादुर सार्की, ६ मा ललीतबहादुर खत्री क्षत्री र ९ मा रामचन्द्र शर्माले नाम दर्ता गराएका छन् । यस्तै वडा नम्बर ९ मा सन्दीप थापा र १० मा मिन बहादुर श्रीसले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गल्कोटमा ४ जना बिच टक्कर
बागलुङ- गलकोट नगरपालिकामा क्रियाशिल प्रमुख राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गरेका छन ।नेपाली कांग्र्रेसबाट मेयरमा भरत शर्मा गैरे र उपमेयरमा रेणुका काउचाले मनोनयन दर्ता गरेका छन् । नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले चुनाबी तालमेल गरेका छन । मेयरमा जनमोर्चाका टंक केसि र उपमेयरमा एमालेका रत्ना भण्डारीले मनोनयन दर्ता गराएका हुन । त्यसैगरी नेकपा माओवादी केन्द्रले मेयरमा फमलाल निउरे र उपमेयरमा ललिता थापाले मनोनयन दर्ता गरेका छन् । त्यसैगरी नयाँ शक्ति नेपालका बम बहादुर गुरुङले मेयरमा मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय गलकोटले जनाएको छ । काँग्रेसले वडा नम्बर १ मा हिरा बहादुर काउँचा, २ मा हिम बहादुर भण्डारी हेमन्त, ३ मा विरजंग भण्डारी, ४ मा बल बहादुर खत्री, ५ मा नारायणध्वज मल्ल, ६ मा योगेश भण्डारी, ७ मा हरिदत्त गौतम, ८ मा रामप्रसाद कंडेल, ९ मा तेज बहादुर थापा, १० मा तिलक पुन, ११ शंकर काउँचाले दर्ता गरेका छन् । यस्तै एमाले र राजमो प्यानलबाट १ मा नेत्र बुढाथोकी, २ मा बुल बहादुर केसी, ३ मा धन बहादुर खड्का, ४ मा पदम श्रेष्ठ, ५ मा अमर बहादर खत्री, ६ मा ओम सुनार, ७ मा होम बहादुर बस्नेत, ८ मा बेदीलाल सापकोटा, ९ मा भिम बहादुर शेरचन र ११ मा डम्बर बहादुर श्रेष्ठ रहेका छन् । माओवादीबाट १ मा गुमानसिंह बुढाथोकी, २ मा चन्द्रदत्त रेग्मी, ३ मा चित्र बहादुर साहानी, ४ मा चुडामणि शर्मा, ५ मा छम बहादुर खत्री, ६ मा नर बहादुर खत्री, ७ मा टिका बहादुर थापा, ८ मा पदम सलामी, ९ मा छम बहादुर राना, १० छम बहादुर घर्ति र ११ मा नर बहादुर घर्तिले उम्मेदवारी दर्ता गराएका छन् ।
ढोरपाटनमा ४ दलको प्रतिस्पर्धा
बागलुङ- ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चा र एमाले वीचको चुनावी तालमेल विग्रिएको छ । माओवादी केन्द्रका नेता तथा ईमेज सहकारीका अध्यक्ष देवकुमा नेपाली एमालेमा प्रवेश गरी एमालेबाट मेयरमा मनोनयन दर्ता गरेका छन् भने राजमोबाट गौरीश्वर पाण्डे र उपमेयरमा दुर्गादेवी घर्तीले मनोनयन दाखिल गरेका छन् । एमालेले उपमेयरमा कर्मती घर्तीलाई उम्मेदवार बनाएको छ । विहान सम्म माओवादी केन्द्रमा चन्द्र अर्याल र शेरमान घर्तीवीच मेयर पदलाई लिएर हानालुछी भएपछी तुलसी अर्याल र देवकुमार नेपाली मध्य एकजना मेयरमा उमेदवारी दिने चर्चा भैरहेको अवस्थामा शेरमान घर्तीको नाममा सहमती बनेको थियो । तर केहि घण्टाको चलखेल पश्चात दर्खास्त दिने केहि समय अगाडी देवकुमार नेपाली निधारमा टीका र माला लगाएर जुलुस सहित एमालेमा प्रवेश गरी मेयरमा मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । एक्कासी एमालेबाट उम्मेद्वारी दर्ता भएपछि राजनितिकर्मी र नागरिकले समेत स्थानिय राजनितिक वृत्तमा निकै ठुलो आश्चार्य व्यक्त गरेका छन् । एमालेको प्यानलबाट वडा नम्बर–२ को अध्यक्षमा माओवादी नेता ददिराम शर्माको उम्मेद्वारी परेपछि ढोरपाटन नगरको चुनावी गणित अन्तिम समयमा आएर एकाएक फेरिएको देखिएको छ । केहि समय देखी देवकुमार नेपालीको प्रशासनिक निकटताले एमाले तिर झुकाव बढ्दै गएको राजनीति बृत्तमा टिप्पणी हुने गरेको थियो । अन्तिम समयमा आएर ढोरपाटनमा एमाले र राजमो वीचको सहकार्यले मुर्तरुप लिन नसकेपछीको उत्पन्न परिस्थितिले अन्य नगर र गाउँपालिकाको तालमेलमा समेतमा बिग्रह ल्याउने निश्चित भएको चर्चा व्यापक बनेको छ । समाचार श्रोतका अनुसार राजमो र एमाले वीच भएको चुनावी तालमेल बडीगाड र तमान गाउपालिकामा पनि सफल हुन सकेन । यसैवीच ढोरपाटन नगरपालिकामा माओवादी केन्द्रबाट शेरमान घर्तीले मेयर र उपमेयरमा विपस्ना मगर सुनारले मनोनयन दर्ता गराएका छन् । राजमो र एमालेवीच चुनावी तालमेल भए बमोजिम निसीखोला गाउपालिकामा राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही अध्यक्ष, नेकपा एमालेका रुद्र प्रसाद पौडेल उपाध्यक्ष वडा नं १, ३, ४, ५ राष्ट्रिय जनमोर्चाको वडा अध्यक्ष, २, ६ र ७ एमालेको वडा अध्यक्ष हुने सहमति अनुसार मनोनयन दर्ता गराएका हुन् । उता तमानखोला गाउपालिकामो भन माओवादी केन्द्र र राजमोवीच चुनावी तालमेल बनेको छ । दुई पार्टीको सहमति अनुसार माओवादी केन्द्रका सूर्य श्रीपाली अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका डोरबहादुर क्षेत्री उपाध्यक्षमा मनोनयन दर्ता गरिएको छ । नयाँ शक्ति नेपाल पार्टीले प्रमुखमा टेकबहादुर कुँवरलाई उम्मेद्वार बनाएको छ । राष्ट्रिय जनमोर्चाका स्थानिय नेता सहविन अर्गेजाले ढोरपाटन नगरको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
यी हुन गाउँपालिकाका उम्मेदवारहरु
काँठेखोलामा ३ जनाको टक्कर
बागलुङ-जिल्ला राजनीतिमा निर्णय भूमिका राख्ने काठेखोला गाउँपालिकामा नेपाली काग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा होमबहादुर हमाल, उपाध्यक्षमा ज्ञानकुमारी श्रीस, नेकपा एमालेको तर्फबाट अध्यक्षमा अमर थापा, उपाध्यक्षमा अन्जु जिसी, संयुक्त प्यानलबाट अर्जुन खत्री, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा लिलाराम सुनार र उपाध्यक्षमा लक्ष्मी खडकाले उमेदवारी दिएका छन् । काठेखोला गाउँपालिका–१ मा नेपाली काग्रेसबाट वडा नम्बर १ मा खडक थापा, २ मा प्रकाशमान थापा, ३ मा नरेन्द्र भण्डारी, ४ मा केशव थापा, ५ मा शिव कँडेल, ६ मा भुवानी कँडेल, ७ मा नारायण कार्की, र ८ मा डिलबहादुर छन्त्यालले उमेदवारी दिएका छन् । यसैगरी नेकपा एमालेले वडा नम्बर १ मा चन्द्रकला थापा, २ मा व्रिद्यापति शर्मा, ३ मा यामबहादुर श्रीस, ४ मा लिला थापा, ५ मा परमानन्द कँडेल, ६ मा युक्त कँडेल, ७ मा प्रेम लामिछाने र ८ चित्रकला छन्त्याल श्रीसले उमेदवारी दिएकी छिन् । त्यसैगरी, माओवादी केन्द्रले वडा नम्बर १ मा टिकाबहादुर थापा, २ मा कलाधर गौतम, ३ मा हिराबहादुर भण्डारी, ४ मा खडक बहादुर पुन, ५ मा नन्दराम विक, ६ मा देवीलाल कँडेल, ७ मा पवित्रा थापा र ८ मा जितबहादुर विकले उमेदवारी दिएको बताइएको छ ।
ताराखोला एमाले र जनमोर्चाको तालमेल
बागलुङ- स्थानीय निकायको निर्वाचनमा माओवादीले आफ्नो केन्द्रको रुपमा हेरेको तारा खोला गाउँपालिकामा नेकपा मओवादी केन्द्रले अध्यक्षमा प्रकाश घर्ति र उपाध्यक्षमा डिल कुमारी पुनको उम्मेदवारी दर्ता गराएको छ । यस्तै ताराखोला गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्षमा दण्डपाणि कंडेल र उपाध्यक्षमा चन्द्रकुमारी रोकाको उम्मेदवारी दर्ता गराएको छ । यस्तै ताराखोला गाउँपालिमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा पुर्णा चालिसे र उपाध्यक्षमा एमालेका सञ्जयकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका खिमलाल कंडेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै गाउँपालिकाको अध्यक्षको लागि ऋषिराम रोका र उपाध्यक्षमा सन्त कुमारी रोकाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
बडिगाडमा ४ दलका ४ उम्मेदवारहरु
बागलुङ- बडीगाड गाउँपालिकामा ४ दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । बडीगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले गण्डकी थापा अधिकारी र उपाध्इक्षमा अमरबहादुर श्रीसको उम्मेदवारी दर्ता गराएको छ । यस्तै नेकपा एमालेले अध्यक्षमा मेयरसिंह पाइजा र उपाध्यक्षमा उषा घिमिरेको उम्मेदवारी दर्ता गरायो । यस्तै माओवादी केन्द्रले अध्यक्षमा राजिव घिमिरे र उपाध्यक्षमा शिवजी आचार्यको उम्मेदवारी दर्ता गराएको छ । यस्तै राष्ट्रिय जनमोर्चाले अध्यक्षमा भिमसेन वन र उपाध्यक्षमा रुनमाया थापाको उम्मेदवारी दर्ता गराएको छ ।
निसीखोला प्रमुखमा ३ जनाको उम्मेवारी
बागलुङ- निसीखोला गाउँपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरी उम्मेदवारी गर्दा गराएका छन् । निसीखोला गाउँपालिकाको अध्यक्षको लागि राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही र उपाध्यक्षमा एमालेका रुद्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । राजमो र एमालेले गाउँपालिकाका वडाहरुमा मिलेर उम्मेदवारी दिएका छन् । यस्तै नेपाली कांग्रेसबाट अध्यक्षमा तारानाथ पौडेल र उपाध्यक्षमा शोभा कार्कीले उम्मेदवारी दर्ता गराएकी छिन् । यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा प्रेम बहादुर घर्ति र उपाध्यक्षमा यसोदा रेग्मीले उम्मेदवारी दर्ता गराएका छन् ।
बरेङमा कांग्रेस र माओवादी गठबन्दन
बागलुङ- बरेङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेर गरी उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रका प्रदिप थापाले प्रमुख र कांग्रेसकी बिष्णुमाया बस्नेतले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्रकी चिनिमाया कालामगरले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । यस्तै बरेङमा राष्ट्रिय जनमोर्चाबाट कृष्ण प्रसाद शर्माले अध्यक्षमा र उपाध्यक्षमा दिल माया पुनले उम्मेदवारी दर्ता गराएका छन् । बरेङमा नेकपा एमालेबाट उम्मेदवारी दर्ता गरिएको छैन ।
तमानखोला राजमो र माओवादी तालमेल
बागलुङ- स्थानीय निकायको निर्वाचनको लागि मंगलबार भएको उम्मेदवारी दर्तामा तमानखोला गाउँपालिकामा राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रले गठबन्धन गरी उम्मेदवारी दिएका छन् । गाउँपालिकाको अध्यक्षको लागि राष्ट्रिय जनमोर्चाका श्रीप्रसाद श्रीर्पाली र उपाध्यक्षमा डोरबहादुर क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिकाको अध्यक्षको लागि नेपाली कांग्रेसबाट जोकलाल बुढा र उपाध्यक्षमा मानसरी शेरचनले उम्मेदवारी दर्ता गराएका छन्भने एमालेबाट अध्यक्षमा दलप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् ।