राजेशचन्द्र राजभण्डारी
हिजो तिमीलाई
लाेकमान हराे भयो
अख्तियार घाडाे भयो
तिमीहरूले गरेको
भ्रस्टाचारकाे पुलिन्दा
तिमीहरूले गरेको
पाप छटाछुल्ल हुने
डरले लाेकमानलाई
महाभियोग लगाएउ
न त त्यसलाई पुष्टि
गर्न सक्यौं न त
जनतालाई जवाफ नै दिन सक्यौ
हाे
हिजो लाेकमान प्रकरणमा
तिमिहरूलाई सर्बोच्च प्यारो भाे
शुशिला प्यारो भाे
हाे
अहिले सर्बोच्च तिमीहरूकाे
कथपुतलि हुन मानेन
तिमीहरूले गर्ने प्रत्येक
गलत कदमलाई
साथ दिन नमानेपछि
फेरि
नयाँ बहाना झिकेर
प्रधान न्यायाधीश माथि
फेरि महाभियोग दर्ता गरेउ
साच्चै तिमीहरूसंग
कत्ति पनि लाज शरण छैन हगि
लाेकतन्त्र भनेको तिमीहरूकाे
बाउकाे बिर्ता हाे कि क्या हाे
जे जे मन लाग्यो त्यहीँ गर्ने
अदालत भनेकाे खेलाैना हाे
कि त राजनीति गर्ने अखडा हाे
हाे
अाज तिमीहरूलाई
सर्बोच्च घाडाे भएको छ
भाेलि तिमीहरूलाई
लाेकतन्त्र गणतन्त्र घाडाे हुन्छ
अनि लगाउ महाभियोग
लाेकतन्त्र निलम्बन गर्ने भनेर
हाे तिमीहरूलाई
लाेकतन्त्र घाडाे भएको छ
विधि र कानुनी शासन घाडाे भएको छ ।
Previous Articleम महाअभियोगको जमेर सामना गर्नेछु – सुशीला कार्की
Next Article राष्ट्रवादको एकाङ्गी व्याख्याले धकेलेको निर्वाचन