बिक्रम सुनार, बागलुङ, १७ बैशाख
जिल्लाको बुर्तिवाङ नगरक्षेत्रका कृषकहरु उन्नत जातका बाख्राको व्यवसायिक पालन सुरुवात गरेका छन । बुर्तिवाङ नगरपालिका ३ का किसानहरु पुराना जातका खरी जातका ब्राखा हटाई उन्नत जातका जमुना पारि बाख्राहरु पाल्दै आएको कृषक राजेन्द्र पुनले बताए । पहिले पहिले जंगलमा छाड्ने, ६ महिना गोठमा र ६ महिना जंगलमा राख्ने र खासै मुनाफा भएपछि आधुनिक तरिकाबाट बाख्रा पालन सुरु गरेका हुन । पुराना बाख्रा वर्षमा एक पटक ब्याउने र एउटा पाठा पाउने धेरै लगानिमा थोरै आम्दानी हुने र उन्नत जातका बाख्रा वर्षमा २ पटक र २ वटाका दरले पाठा जन्माउने भएकाले थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले यस क्षेत्रका किसानहरु आकर्षित भएका हुन । यस व्यवसायबाट किसानहरुले वार्षिक डेढ लाख आम्दानी गर्ने गरेका छन । यस बजार भनेको बुर्तिवाङ, खर्वाङ, वामी टक्सारमा लागि विक्री गरिन्छ । किसानहरु जिल्ला पशु कार्यालयबाट कुनै पनि सेवा नपाएको र सेवा लिनका लागि पनि टाढा भएकाले सुविधाबाट वञ्चित भएको कृषक राजेन्द्र पुनले बताए । यस क्षेत्रमा व्यवसायिक रुपमा २० वटा सम्म बाख्रा पाल्ने गरेका छन । झन्डै व्यवसायिक रुपमा ३० जना कृषकहरु आवद्ध छन । पछिल्ले समयमा बागलुङमा बाख्रा पालन फष्टाउदैँ गएको छ ।
Previous Article२०७४ बैशाख १७ गते आईतबारको राशिफल
Next Article जन्मदिनको अवसरमा खाद्यान्न वितरण