बागलुङ, १३ बैशाख – ढोरपाटन नगरपालिकाको एक होटेलमा पसेर एक्कासी गोली चलाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। आज दिउँसो साढें ४ बजेको समयमा ढोरपाटन नगरको वडा नम्बर–१ बुर्तिबाङ बसपार्कमा रहेको न्यु बुटवल थकाली भान्छा घरभित्र पसेर अन्धाधुन्ध गोली चलाउने ३३ वर्षका श्याम रेश्मीलाई प्रहरीले पक्राउ गरेको हो।
साबिकको ग्वालीचौर गाविस वडा नम्बर–१ तथा अहिलेको वडिगाड गाउँपलिका वडा नम्बर–५ रेमीका उनलाई भाग्दै गरेको अवस्थामा बडिगाड खोला किनारबाट पक्रेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए। उनको साथबाट एक थान अवैध पेस्तोल र त्यसमा लाग्ने ११ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
उनले हानेको गोली होटेलको भित्तामा लागर प्वाल परेको थियो। गोलीका कारण कुनै मानविय क्षति भने भएन। रेश्मीले होटलमा पसेर एक्कासी एक राउण्ड गोली चलाएर भागेको प्रहरीको दाबी छ।
गोली चलेपछि त्रसित बनेका स्थानीयको खबरपछि खोजी गर्ने क्रममा बुर्तिबाङको खल्टुबोट नजिकै बडिगाड खोला तर्न लागेको अवस्थामा पक्राउ गरेको हो। उनले किन गोली चलाए भन्ने बारेमा अनुसन्धान हुने भन्दै अहिल्यै केही भन्न नसकिने प्रहरीको भनाइ छ।
एक्कासी होटेलमा पसेर गोली चलाउने युवा प्रहरी नियन्त्रणमा
Previous Articleनिर्वाचन आयोगमा नाम जुधेपछि राजपाको नाम परिमार्जन
Next Article १४ वैशाख २०७४, ढोरपाटन दैनिक