बागलुङ, ११ बैशाख – नेकपा माओवादी केन्द्रले जैमिनी नगरपालिकाको मेयरमा शोभाप्रसाद शर्मा र उपमेयरमा देवी शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रका केन्द्रीय कार्यालय सदस्य दीनानाथ शर्माको उपस्थितीमा उम्मदेवारी टुङ्गाइएको केन्द्रका जिल्ला संयोजक चन्द्रबहादुर बुढाले जानकारी दिए । नगरको वार्ड नं. १ को अध्यक्षमा पदमबहादुर श्रीस, २ मा नारायण सापकोटा, ३ मा कृष्णबहादुर भुजेल, ४ मा डम्बरबहादुर सार्की, ५ मा नारायण शर्मा रेग्मीलाई उम्मदेवार बनाउने निर्णय केन्द्रले गरेको छ । यस्तै, वार्ड नं. ६ मा कृष्णबहादुर थापा, ७ मा रुद्रप्रसाद शर्मा, ८ मा हिरा बिक, ९ मा बसन्त थापा र १० मा बमबहादुर श्रीसलाई अध्यक्ष पदको उम्मदेवार बनाउने निर्णय गरेको छ । केन्द्रले जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाबाट पनि उम्मदेवारको सिफारिस आएपनि अन्तिम निर्णय गर्न बाँकी रहेको जनाएको छ । ‘जिल्लाका सबै स्थानीय तहबाट उम्मदेवारको सिफारिस जिल्लामा आइसकेको छ’ संयोजक बुढाले भने ‘हामी छलफलमै छौं, एक दुई दिनमै सबै तिरको उम्मदेवारीबारे अन्तिम निर्णयमा पुग्छौं ।’
Previous Articleयस्ता छन् केन्द्र म्याग्दीका उम्मेदवार
Next Article उम्मेदवारको नाम प्रदेश कमिटीमा