राजेशचन्द्र रा.भ.
संसारमा सबै कुरा साट्न सकिन्छ तर छिमेकी भने साट्न सकिदैन । छिमेकी असल भएन भने समाजमा बस्न पनि गाह्रो पर्छ । हो अहिले हामीलाई यस्तै दुःख दिने छिमेकी परेको छ । भारतको राजकिय भ्रमणमा नेपालका राष्ट्रपति बिद्यादेबी भण्डारी सोमबार एक साताको भ्रमणमा भारत पुग्नु भयो । अन्तराष्ट्रिय बिमान स्थलमा बिद्यादेबी भण्डारीलाई स्वागत गर्न भारत सरकारले महिला तथा बालबालिका राज्य मन्त्री कृण्णालाई पठाएर ठूलो अपमान ग¥यो । एउटा स्वतन्त्र सार्बभौम मुलुकको राष्ट्रपतिलाई आफ्नो देशमा भ्रमणमा आउन आफै निमन्त्रणा दिने अनि व्यवहार भने तल्लो तहको गर्न पनि लाजशरम केही पनि नमान्ने जुन प्रबृत्ति थियो त्यो उसले यसपटक छटाछुल्ल पारेर देखाएको छ । अहिले अपमान एकजना बिद्यादेबी भण्डारीको मात्रै भएको छैन अपमान सिंगो नेपाल र नेपाली जनताको भएको छ ।
नेपाली पुरानो राष्ट्रिय गीत छ– ‘हट्ने हैन डटि लड्ने नेपालीको बानी हुन्छ, कहिले नझुक्ने सिरउभिएको स्वाभिमानी नेपाली हुन्छ’ यो गीतले साँच्चै अहिले हामीलाई गिज्याई रहेको छ । साँच्चै अहिले पनि हामी मान्छे हौ कि दास हौ छुट्टाउन नै गाह्रो भएको छ । साँच्चै दुस्ट छिमेकी मन नै कालो भएको संग नसकिने रहेछ । पाहुना बोलाउने अनि सामान्य शिष्टाचार समेत नगर्ने सारा दुनियाँले हेरिरहेका छन् । कसले के भन्छ कि भनेर समेत नसोच्नेसंग हामी फेरि लम्पसार पर्ने सबैभन्दा शक्तिशाली प्रभु हो । प्रभु बिना हाम्रो देशमा पात समेत हल्लिन्न भन्ने जुन सोच आजको दिनसम्म कायमै छ । हो अहिले सबैभन्दा बढी चर्चा छ भने महामहिम राष्ट्रपति बिद्यादेबी भण्डारी छिमेकी मुलुक भारतमा अपमानित भएको बिषयमै केन्द्रीत छ । सामाजिक संजाल फेसबुक, पत्रपत्रिका सबै ठाउँमा राष्ट्रपति भण्डारीलाई ठूलो अपमानित गरेको कुरा उठ्नुलाई नेपाली जनता साँच्चै सचेत छन् भन्ने कुराको प्रमाण हो ।
साँच्चै कुरा मात्र राष्ट्रबादी गरेर हुँदैन ब्यबहारमा राष्ट्रवाद देखाउन सके मात्रै सच्चा रास्ट्रबादी भइने हो । अहिले हामी राष्ट्रवाद र लम्पसारबादको निकै ठूलो–ठूलो कुरा गर्छाै तर ब्यबहारमा भने त्यो कसैसँग पनि देखिदैन । भाषण गर्दा गफ चुट्दा खेरि राष्ट्रबादी भएर पुग्दैन । राष्ट्रवाद पनि सक्कली नक्कली हुदैन । राष्ट्रवाद भनेको राष्ट्रवाद नै हो । त्यो कसैले हल्लाउँदैमा हल्लिने र खलबल पर्ने चाहिँ राष्ट्रवाद हैन । अहिले कांग्रेस, एमाले, माओबादी, राप्रपा, राजमो र मधेसी मोर्चाको कुरा हैन । अहिले सबैले उठाउनु पर्ने बिषय भनेको राष्ट्रपति भण्डारीलाई किन निच व्यवहार गरियो भन्ने प्रमुख बिषय होे । कसै–कसैले नेपालका राष्ट्रपति बिद्यादेबि भण्डारी नेकपा एमाले समर्थक भएको हुनाले अपमान गरिएको हो, जे भयो ठिकै भयो भन्ने छुद्र प्रतिक्रिया दिएको पनि सुनियो । अहिले राष्ट्रपति भण्डारीलाई हामी नेपाली भनेका कति अचम्मका मान्छे हौ, के मान के सम्मान र के अपमान भन्ने कुरा छुट्टाउन पनि गाह्रो छ । हामीले केही महिना अघि भारतका राष्ट्रपति प्रणम मुखर्जी नेपाल आउँदा नेपालमा सार्वजनिक बिदा मात्र दिएन राजधानी पुरै ठप्प पारेर प्रभुको स्वागत सत्कार गरियो । त्रिभुवन बिमानस्थलमा एकजना सहायक मन्त्री हैन राज्यमन्त्री पनि हैन, उप प्रधानमन्त्री पनि हैन प्रधानमन्त्रीले समेत नपुगेर राष्ट्रपति बिद्यादेबी भण्डारी स्वयं पुग्नु भएको थियो । अहिले छिमेकी मुलुक भारतको निम्तोमा राष्ट्रपति भण्डारी भारत पुग्दा भने उसले देखाएको हर्कत साँच्चै जीवनभर स्मरणीय हुने खालको छ । एउटा राष्ट्रवादी पार्टीको तर्फबाट गणतन्त्र नेपालको राष्ट्रपति बन्न पुग्नु भएकी भण्डारीमा पनि थोरै मात्र देशभक्ति र राष्ट्रवाद बाँकी भएको भए त्यस्तो अपमानपछि नेपाल फर्कनु पथ्र्यो भनेर सारा नेपालीले आबाज उठाइरहेका छन् । अपमानित भएर मासु भात खाएर बस्नु भन्दा त्यस्तो ठाउँमा नबस्नु नै राम्रो उपाय हो । तर हामी छिमेकी भारतलाई प्रभु मान्छौ, आफुलाई दास ठान्छौ । प्रभुले जे–जस्तो व्यवहार गरेपनि हामी चुपचाप सहेर बस्छौं । हामी आफुलाई कहिले पनि मालिक ठान्न सकेनौ, जहिल्यै प्रभुको वरिपरि घुमेर चाकडी गर्ने मन्त्रीदेखि प्रधानमन्त्री बन्न प्रभुकै सहयोग समर्थन खोज्दै हिड्ने देशमा जहिले पनि राजनीति स्थिर बनाउन नखोज्ने सधैं–सधैं हाम्रो नेताहरूलाई गोटी बनाएर आफ्नो अनुकूल काम गर्ने गराउने नीति कै कारण हामी पछि परिरहेका छौ ।
कुरा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको गरेर नपुग्ने रहेछ । उसले गर्ने व्यवहार कस्तो छ भन्ने प्रमुख बिषय हो । अहिले हामीले भारतीय शासकले गरेको अपमानलाई चुपचाप सहेर बस्ने होभने भोलि हामीले अझ योभन्दा ठूलो अपमानको सामना गर्नुपर्ने छ । भारत बिस्तारबादी हो, हेपाहा हो, सामन्ती हो भन्ने कुरा अहिले देखि हैन जमानादेखि उठ्दै आएको बिषय हो । लाज नभएको छिमेकी र हामी उसले जे गरेपनि सहेर बस्ने दास भएपछि उसले हेप्नु स्वभाबिक नै हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् । लुम्बिनी नेपालकै हो । बुद्ध नेपाली हुन भनेर संसदमै भाषण गर्छन् तर जापान पुगे पछि बुद्ध भारतमा जन्मिन पुग्छन् । पुरै ब्यापारी जस्तो जुन ठाउँमा पुगेर जे–भन्दा आफ्नो बोली बिक्छ त्यही बोली दिने स्वभाव छ । अहिले हाम्रो राष्ट्रपति भण्डारी र भारतीय समकक्षी प्रणब मुखर्जीसंग भेटघाट भयो । अहिले संबिधानबाट निकास निकाल्नको लागि स्थानीय तहको निर्वाचन गर्न लागेको अहिले हुन लागेको निर्वाचनलाई सहयोग र समर्थन गर्न आग्रह गर्दा भारतीय राष्ट्रपति मुखर्जी सकारात्मक भएको खबर बाहिर आइरहेको छ । संबिधानमा सबैको सल्लाह भावना समेतेर अगाडि बढ्न सुझाव दिएको कुरा पनि बाहिर आएको छ । अहिले समस्या भनेको मधेसी मोर्चाले उठाएको मुद्दा हो जसलाई पटकपटक सरकारले सम्बोधन गर्न खोजेको पनि हो । जुन अहिलेसम्म समाधान भएको छैन । अहिले पनि चुनावी हलो मधेसी मोर्चाको मागमै आएर अड्किएको छ । अहिले पनि माग मधेसीको नभै छिमेकी प्रभुकै हो कि भन्ने आभास भएको छ ।
राष्ट्रपति भण्डारीको भारत भ्रमण अहिले निर्वाचनको मुखमा हुनु त्यहाँ पुग्दा खेरि अपमानित व्यवहार देखाउनु यो सबै राम्रो संकेत अबश्य हैन । अहिले पनि छिमेकी प्रभु हाम्रो संबिधानसंग सन्तुष्ट छैनन् भन्ने कुरा उसको व्यवहारबाट स्पष्ट छ । हामी नेपालीको परराष्ट्र नीति के हो जसरी भारतीय शासकहरू मात्रै नभएर सबै राजनीतिक दल एक हुन्छन् त्यो हामीसंग पनि हुन जरुरी छ । नेताका छोराछोरीलाई केही छात्रवृत्ति र गोजीमा केही पैसा हाली दिएको भरमा भारतको दास नै बन्ने जुन प्रबृत्ति छ त्यसको पनि अन्त्य हुन जरुरी छ ।
भारतीय राजदूतको नेपालमा जुन राजनीतिक चलखेल चल्छ, हामी केही नेताले मन्त्री खान सरकार परिवर्तन गर्न उसको सहयोग र समर्थन खोज्छौ त्यो नै देशको लागि सबैभन्दा घातक साबित भएको छ । अब यसमा पनि क्रमभंग गरेर देखाउन जरुरी छ । मुखले मात्र राष्ट्रबादको नारा लगाउने राती–राती लैनचौरमा पुगेर चाकडी गर्ने कामको पनि आजैदेखि अन्त्य गर्न सकेमात्र हाम्रो राष्ट्रपति र प्रधानमन्त्रीलाई अपमान गर्न छोड्ने छन् छिमेकी शासकहरूले ।