बागलुङ, ८ वैशाख – राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जि.सी.ले कृषि क्षेत्रबाट टाढिदै गएको जनशक्तिलाई कृषिमा आकर्षण गराउनका लागि सामुहिक खेती प्रणालीलाई स्थापित गर्नु पर्नेमा जोड दिएका छन् । बेनी नगरपालिका वडा नंं ६ मा सञ्चालित जामुनाखर्क कृषि सहकारी संस्था लिमिटेड म्याग्दीले बिहीवार आयोजना गरेको एक दिने सहकारी शिक्षा तथा सचेतना कार्यक्रममा बोल्दै जिसीले यस्तो बताएका हुन् । कार्यक्रममा विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीका अध्यक्ष कृष्ण बाँनियाले सहकारी मार्फत कृषि, पशुपालन र साना उद्योगको स्थापना गरी आयआर्जन गर्न सदस्यहरुलाई आग्रह गरे । कार्यक्रम जामुनाखर्क कृषि सहकारी संस्थाका अध्यक्ष गंगालाल सुनारको अध्यक्षता, सचिवव सुवास वि.क.को सञ्चालन र कोषाध्यक्ष सरस्वती शर्मा वि.क.को स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा सहकारीको परिचय, सहकारी मार्फत कृषिको व्यावसायीकरण, सहकारीमा शेयर सदस्य, सञ्चालक र कर्मचारीको भूमिका लगायत सहकारी मार्फत दीगो आर्थिक विकासका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।
Previous Articleमतदाता शिक्षा कार्यक्रम शुरु
Next Article यस्तो छ म्याग्दीमा चुनावको तयारी