म्याग्दी, ७ बैशाख – आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेले तीन जनाको नाम सिफारिस गरेको छ । बुधबार साँझ प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम प्रदेशमा सिफारिस गरिएको हो । मेयरमा १० जनाको आकांक्षी देखिएपछि मंगलबार र बुधबार पार्टी कार्यालयमा भएको आन्तरिक छलफल सहित उम्मेदवार छनोटका विभिन्न प्रक्रियामा समेत सहमति जुट्न नसकेपछि अन्तिम ६ जनाको नाम जिल्ला कमिटीमा प्रस्ताव गरिएको थियो । मंगलबार सहमति हुन नसकेपछि बुधबार भएको छलफलबाट प्रमोद श्रेष्ठ, राजकुमार थापा, सन्तोष रावल, सुरत केसी, कृष्णकुमार विश्वकर्मा र नारायण जिसीबाट अन्तिम तीनजनाको नाम टुंगो लगाइएको नेकपा एमालेका यूवा नेता एवम् यूवा संघको विदेश विभाग प्रमुख सन्तोष रावलले बताए । बुधबार दिउँसो सहमतिका लागि पार्टीका उपसचिव देवबहादुर घले, किरण सापकोटा, जिवन विश्वकर्मा र गोविन्द बानियाँले आफ्नो नाम फिर्ता लिएका थिए । मेयरका आकांक्षीलाई ब्यवस्थापन गर्न एमालेका दुई सांसदद्धय नवराज शर्मा र नरदेवी पुन, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगाएतले निरन्तर प्रयास गरेका थिए । उम्मेदवारले आफ्नो एजेण्डा प्रस्तुती समेत गरेका थिए । प्रस्ताव गरिएका तीन जनाको नाम प्रदेश नम्बर ४ को कमिटीले एकजना लाई मेयर पदका लागी छनौट गर्ने छ । तीन जनाको नाम सिफारिससंगै आफ्ना पक्षमा पार्न तीनजनाले आफ्नो पक्षबाट लविङ्ग गर्ने निश्चित छ ।
उपप्रमुखमा पनि तीन जना
नेकपा एमाले म्याग्दीले बेनी नगरपालिकाको उप प्रमुख अर्थात उप मेयरमा तीनजना महिलाको नाम सिफारिस गरेको छ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा प्रस्तावित महिला आकांक्षी विच सहमतिको प्रस्ताव गरिएपनि सफल सहमति जुट्न नसकेपछि दुई दिनसम्म बसेको बेनी नगरपालिका कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य मुना बानियाँ, म्याग्दी बहुमुखी क्याम्पसकी पूर्व स्ववियू सभापति दुर्गा कार्की र जिल्ला कमिटी सदस्य पशुपति शाहीलाई प्रस्ताव गरिएको नेकपा एमाले नगर कमिटीले जनाएको छ । प्रस्तावित तीनजनाको नाम प्रदेश संगठन कमिटीमा सिफारिस गरिएको छ । प्रदेश कमिटीमा सिफारिस गरिएका मध्ये एक जनालाई टिकट दिने छ । यसैविच मेयर बारे अझै टुंगो लागेको छैन् । मेयर पदमा १० जनाले दावी गरेपछि दुईदिनसम्म लगातार बसेको बैठकले विभिन्न माध्यम अपनाएपनि अन्तिममा आन्तरिक मतदानको तयारीलाई रोकेर सहमितको प्रयासलाई जारी राखेको पाटी स्रोतले जनाएको छ । स्रोतका अनुसार १० जनामध्ये ६ जनाले दावी छोडेका छैनन् । मेयर पदका उम्मेदवारका आकांक्षी मध्ये तीन जनाको नाम प्रस्ताव गर्ने विषयमा सहमति नजिक पुगेको छ ।
Previous Articleनुन बोक्दाको इतिहास
Next Article निर्वाचन आयोग पछि हट्यो, राप्रपाको आन्दोलन फिर्ता