तुल्सीराम पाण्डे
हामीहरु गाई चराउन शिवालयबाट जंगलमा गएर समीको रुखमुनी शितल तापिरहेका थियौं । उताबाट तलेघरे राँइला बुढाएँ आएपछि उनले भने अब माघ पनि आधा गइसक्यो अब ‘प्वास’जान ढिला गर्नु हुँदैन आज शनिबार हो अबको बुधबार ‘नुन बटौली’ जाने भनेर सल्लाह भयो र मैले पनि घर आएर त्यही कुरा सुनाएँ । हाम्रो घरमा सल्लाह भएपछि पहिलोपटक म जाने निधो भयो र घरमा तयारी शुरु भयो ।
अर्को दिन घरमा के के सामान छ भनेर हेर्नुभयो । पहिल्यै कुटेको सिरम्ला ४÷५ माना रहेछ । २ मानाले मलाई पुग्ने भएपछि सिरम्ला कुटन नपर्ने भयो । त्यसदिन भाँगोको चटनी धेरै नै बनाउनुभयो र १ माना जती मलाई भनेर एउटा कपडामा बाँधेर छुट्याउनुभयो ।
सोमबारको दिन खट्टे भुट्ने र मकैको सातु बनाउन भनेर आमाले भाउजुहरुलाई अराउनुभयो र बुहारीहरुले आमाले अराय अनुसार काम गरे । त्यसपछि आमाले २ माना जति चामलको खट्टे र ३÷४ माना सातु खुदोमा मोलेर मरउटी र अदुवाले झानेर एउटा कपडामा खट्टे र एउटा कपडामा सातुको पोका बनाइदिनुभयो ।
मंगलबारको दिन ‘नुन बटौली’ जानेलाई भारी बोक्दा दुःख हुन्छ र धेरै भोक लाग्छ भनेर ४ माना चामलको सेलरोटी पकाउनु भयो । सेलरोटी सवै परिवारले अलिअली चाखेर सवै मलाइनै राखिदिनु भयो । २ माना जति कोदोको पिठोको पनि एउटा पोको बनाएर राखी दिनुभयो ।
मंगलबारको साँझ सवै सामान ठिक्क पारेर डोकोमा राखीयो । १० माना जति चामल राखियो । त्यसैदिन बाले अगुवा बनेका तल्लघरे राँइला बालाई भेटेर यो केटो पहिल्यै जानलागेको छ । राम्ररी लगे पन्थे भनेर धेरै दुःख नदीए भनेर भन्नु भयो । त्यसरी तयारी गरेपछि अर्को दिन हिड्ने तयारी भयो ।
बुधबारको दिन विहानै गरेर भात खाएर हिड्दा ठिक्क घाम झुल्केका थिए । मेरो भारीमा २ टिन घिउ र सामान राखेर बोक्दा खक्कन लामो भयो र त्यसलाई ठिक्क पारेर हिडियो ।
बटौली पहिल्यै जाने भनेपछि मनमा रमाइलो भयो र गाउँको पुछारमा पुग्दासम्म हिडेको पतै पाइएन । त्यसपछि सवैले कुरा गर्दै भारीसँगै हिडिरह्यौं । आधा दिन हिडेपछि घाम ढल्ने बेलामा एउटा चौपारीमा सवैले भारी विसाएर घरबाट ल्याएको सातु, रोटी निकालेर नजिकैको कुवाबाट पानी निकालेर पानीसँग खायौं र एकैछिन आराम गरेर हिड्यौं । त्यसदिन ‘धनमुडा’ गएर बास बस्यौं ।
साँझ पकाउने तयारी भयो । तलेघरे अगुवाले एउटा ७ माने ताउली ल्याएका रहेछन् । सिरानघरे ठाँहिलाबाले डाडु र दिउरे ल्याएका रहेछन् । माँझ घरे ग्वाँइला दाजीले पन्यो ल्याएका रहेछन् । गारेघरे अन्तरे बाले दाउरा काट्नलाई हँसिया ल्याएका रहेछन् । पुछारघरे जन्तरे बाले खुर्सानी ल्याएका रहेछन् । बाटामाथि पानी मन्तरे बाले बेसार ल्याएका रहेछन् । यस अनुसार सवैले थोरै नुन र ५÷५ मुठी घिउ, ल्याएका रहेछन् । यो कुरा अगुवाले भाग लगाएको हुनाले सवै कुरा मिलेको रहेछ ।
ढाक्रेहरु धेरै जनाभएको हुँदा हामीलाई दाउरा खोज्न अलिपरसम्म जानुप¥यो र दाउरा ल्याएपछि भात पकाउने पालो अगुवाले लगाए र एक जनाले भात र एक जनाले सिन्कीको रस पकाएपछि सवैले भात खाए । सुत्ने तयारी गरे, पकाएको भाँडा माझ्ने जिम्मा जो सानो छ उसैको हुनेरहेछ । म सानो भएको हुनाले भाँडा मैले माझ्नु प¥यो र आफुले मान्नुपर्नेको खुट्टामा चिल्लो लगाइ दिएर मेरो खुट्टामा पनि चिल्लो लाएर आफ्नो विस्तरा बनाएर एउटा रुखमुनी सवै लहरै सुत्यौं ।
अर्कोदिन बिहानै उठेर नजिकैको खोलामा सवैले नुहाई धुवाई गरेर भात पकाएर खायौं । त्यसदिन भारी बोक्दा आड आउँदैन भनेर ढिडो पनि पकाएर सवैले भातमाथि थोरै ढिडो पनि खायौं । छिटो गरेर भाँडा माझ्े पछि सवैले आफ्नो आफ्नो भारी लिएर अगाडी बढ्दै गयौं । त्यसदिन रिडी भन्दा पर साँचा गएर बास बस्यौं ।
त्यसदिन भात पकाउने पालो अर्कैको परेको हुनाले पहिले भात पकाउनेले आराम गर्न पाए । अरु सवैले मिलेर एउटा एउटा काम गरे । म सानो भएको हुनाले भाँडा माझ्ने भाग मेरो मात्र परिरह्यो । त्यस्तो कुरा पहिल्यै देखिको चलन रहेछ ।
तेस्रो दिन पनि विहानै उठेर नित्यकर्म गरेर भात खाएर हिड्दै गयौं र मस्यामको सिस्ने खोलामा गएर बास बस्यौं ।
चौथो दिनमा मस्यामको धुरी निस्केर बुटवल पुगेर त्यही बास बस्नुपथ्र्यो । त्यहाँ भात पकाउनलाई भाँडा र दाउरा नेवार साहुले दिन्थे अगुवालाई एउटा लुङ्गी पनि दिन्थे । त्यसदिन बाँस मात्र बसिन्थ्यो । कोही कोही बुटवल पुग्न नसकेमा अलिवर बास बसेर पाँचौं दिन विहान बुटवल पुग्थे ।
पाँचौं दिन विहान अगुवाले पहिल्यै देखि खेलीरहने (कारोबार गर्ने) साहु कहाँ लिएर गए । साहुले हाम्रो १०÷१२ जनाको हुल देखेर खुसी भएर भात पकाउनलाई भाँडा र दाउरा दिएर ठाउँ देखाइदिए । त्यसपछि पालो अनुसार नै एक जनाले भात पकाए । अरुले उनलाई सघाए । उनले भात पकाउन शुरु गरेपछि अरुहरुले यता पालैसित आफ्नो आफ्नो घिउ नाप्ने र खन्याउने काम भयो । त्यसपछि भात खाएर सवैले आफुलाई चाहिने सामान किने ।
त्यसबेला गाउँमा घिउलाई मानाको २ रुपैयाँ अथवा ५ मोहर पथ्र्यो । बुटवलमा मानाको तीन रुपैयाँ प¥यो । यो २१ सालको कुरा हो म त्यसबेला १४ वर्षको उमेरमा पहिलो पटक नुन तेल लिन बुटवल गएको थिए । ठूलो टिनमा ३०÷३२ माना घिउ जाने रहेछ । सानो टिनमा १० माना जाने रहेछ मेरो २ टिन घिउलाई १९० रुपैयाँ प¥यो ।
सबैले घरलाई चाहिने कपडा, चिनी, चिया, साबुन, जिरा, मट्टीतेल र नुन आफ्नो आफ्नो भारीमा मिलाएर राखे मैले पनि ८ पाथी नुन र अरु सामान मिलाएर राखेँ । यसरी सवैले सामान किनेर मिलाउँदा घाम ढल्की सकेका थिए । त्यसपछि हामी सवै हिड्यौं र दोभान आएर बास बस्यौं । हिड्ने बेलामा नेवार साहुले अगुवालाई केहि दिने चलन अनुसार कछाड दिएर विदा गरेका थिए ।
छैठौं दिन विहान दोभानबाट हिड्ने र सिस्नेखोला आएर बास बस्यौं । त्यहाँ धेरै जनाको बास पर्दोरहेछ र दाउरा नपाइने रहेछ । त्यही भट्टी गर्ने थकालीहरुले २५ पैसामा पकाउनलाई दाउरा र बास दिने रहेछन् र हामीले पनि त्यहाँ दाउरा किनेर भात पकायौं ।
यसैगरी साँझ बास बसेपछि आफ्नो घरबाट लगेको चाना भुजा खान शुरु गर्ने र अन्तीममा भात खाएर सुत्ने अनि विहान उठेर नुवाई धुवाई गरी भात र ढिडो खाएर हिड्ने अनि बाटामा भोक लागेपछि पानी भेट्टीएको ठाउँमा एकछिन भारी विसाएर केही चाना भुजा खाने र हिड्ने अनि खट्टे पनि चपाइरहे र कसैले सातु पनि खाइ रहने गरिरहयौं ।
सातौं दिनमा सिस्ने खोलाबाट हिडेर रिडी आएर पहेली पौवामा बास बस्यौं । हाम्रो पौवामा बस्न पाउने भाग्य त्यहाँ मात्र जु¥यो त्यहाँ पन्थेलाई जरिवाना तिराउने चलन रहेछ । त्यसबेला पहिल्यै लगेर बाटो देखाए वापत पन्थेले ठुलालाई २५ पैसा भेट चढाउनु पर्दोरहेछ । मैले पनि जरिवाना तिरँे । त्यसको पैसाको दिगामे गुँड किनेर सवैले बाँडेर खायौं । पन्थेले जरिवाना तिर्न नमानेमा अरु कुराले गिज्याउने र दुःख दिने गर्दा रहेछन् । त्यस अनुसार कसैलाई नुनको भारी बोकेर बाटोमा नचाउने र आफुहरु चौपारीमा बसेर हाँस्ने गर्दा रहेछन् । कसैलाई ठूलो रुखमा चढ्न पठाउने अरु पनि चढ्ने र पन्थेलाई खुट्टामा समातेर टाउको तल पारेर झुण्डाउने गर्दा रहेछन् । अलि हेपाहाले भने माथिबाट पिसाव पनि फेर्ने गर्दछन् भनेर उनीहरुले कुरा गरे । मैले भने जरिवाना तिरेर बचे ।
आठौं दिनमा रिडीबाट हिडेर गुल्मीको रुपाकोट, धन्मुडा वा खसीमारेमा बास बसिन्थ्यो ।
नवौं दिनमा खसीमारेबाट हिडेर दुदिलाभाटी वा ढुङ्गे साँघु बास हुन्थ्यो ।
दशौं दिनमा ढुङ्गे साघुबाट हिडेर घर आई पुगिथ्यो । त्यसरी हिड्दै र बस्दै गर्दा लगेको खर्च ठिक्क सकिदा घर आइथ्यो र अर्को दिन नियमित जस्तै मेलापात र घाँस दाउरा गरिन्थ्यो ।
म चाही ९÷१० पटक बुटवल नुन लिन गए ।
त्यसभन्दा पहिले नुन लिन थाकखोला जाने चलन थियो । थाकखोलाको नुन बुटवलको भन्दा मिठो हुन्थ्यो । बुटवलको नुन खाएमा लुतो आउँछ भनेर खान डराउथे र भैसीलाई दिन पनि डराउँथे ।
थाकखोलाबाट नुन लिएर ३ दिनमा घर आइथ्इो । पहिलो दिन लेखानीबाट हिडेर लामागरा, वगर वा लेते गएर बास बस्नु पथ्र्यो ।
दोस्रो दिन लेतेबाट हिड्ने थाखोला पुगेर नुन मात्र लिएर फर्केर आएर उपल्लो घाँसा बास बस्नु पथ्र्यो ।
तेस्रो दिन घाँसाबाट उठेर लामागरा आएर बास बस्नु पथ्र्यो ।
ष्अस्चौथो दिन लामागराबाट उठेर साँझ घर आइथ्यो ।
थाकखोलामा अरु सामान केही नपाईने र नुन मात्र पाईने रहेछ । त्यहाँ पैसाले नुन नपाईने हुनाले घरबाट चामल लिएर गयौं । १ पाथी चामलको २ पाथी नुन पाइन्थ्यो मैले ७ पाथी चामल लगेर १४ पाथी नुन लिएर आए त्यो कुरा २८ सालको हो । त्यसबेला म २१ वर्षको थिए ।
त्यसरी भारी लीन हिड्दा कसैले बराउनी गरेको कुरा गरेर बाटो कटाउथे । कसैले नुन गाउँमै पाईने भए कति सुख हुदोहो भनेर कुरा गर्थे कसैले लाहुरेहरुले सुख पाएको कुरा गरेर दिन विताउने र बाटो कटाउने काम गर्थे ।
त्यसै गरी थाकखोला पनि ३÷४ पटक नुन लिन गईयो । २५÷२६ वर्ष भएपछि मुग्लानतिर पसियो र जवानीको रस उतै सकेर अहिले बल्ल यता स्थीर भएको छु बाबु भनेर आफ्ना सुख र दुःखका कुरा सुनाउनु भयो । (भानुभक्त कंडेल–६५ सँगको कुुरामा आधारित)
Previous Articleअपाङ्गता भएकाको प्रतिनिधित्वको माग
Next Article बेनी नपाको मेयरमा ३ जनाको उम्मेदवारी