बागलुङ, ४ वैशाख-यात्रुबाहक बस दुर्घटना हुँदा बागलुङको बिहुँमा १५ जना घाईते भएका छन् । काठमाण्डौ देखि बुर्तिवाङ जाँदै गरेको ना ६ ख २०६० नम्बरको बस काठेखोला गाउँपालिका ५ स्थित जुकोपानीमा सोमबार बिहान दुर्घटना भएको हो ।
मध्यपहाडी लोकमार्गदेखि ४० मिटर तल खसेको उक्त बसमा ३० यात्रु समावर थिए । घाइतेलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । ती मध्ये ५ जना गम्भि।र घाइते भएको अक्षेते प्रहरी चौकीका हवल्दार गोपाल खत्रीले जानकारी दिए । बस चालक शेरबहादुर तामाङलाई धम्जा प्रहरीचौकीले नियन्त्रयणमा लिएको छ । अचानक निदाएपछि बस अनियन्त्रित भएर सडकदेखि तल खसेको चालकले प्रहरीलाई बताएका छन् । धौलागिरी अञ्चल अस्पतालका जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालका अनुसार केही घाईते उपचार गरेर घर फर्केका छन् । गम्भिर घाईतेको उपचार भैरहेको हो ।