बागलुङ, ४ वैशाख-आसन्न स्थानीय तह निर्वाचनका लागि बागलुङको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमै स्थापित कार्यालय जिल्ला न्यायाधिस हिमलाल बेल्वासेले उद्घाटन गरे । निर्वाचन आयोगले जिल्ला न्यायाधिसलाई मुख्य निर्वाचन अधिकृत र अन्य तोकिएका निर्वाचन अधिकृत यस अघिनै खटाएको थियो । अन्य नगर र गाउँपालिकाका लागि पनि निर्वाचन अधिकृतहरुले बैसाख १२ गतेसम्म कार्यालय स्थापना गरेर काम थाल्नेछन् । जिल्लाभर आवस्यक पर्ने कर्मचारी खटाउने काम भने मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने जनाइएको छ । सुरक्षाकर्मीको खटनका लागि प्रजिअ र प्रहरी प्रमुख, निर्वाचन सामाग्री पु¥याउने काम जिल्ला निर्वाचन कार्यालय र मतपत्र पु¥याउने काम निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ ।