म्याग्दी, ४ वैशाख-बेनी नगरपालिका–३ भकिम्लीको टिमुरेमा रहेको जयन्ती माध्यामिक विद्यालयको निर्माणधिन अवस्थामा रहेको भवनलाई अमेरिकामा बस्ने भकिम्लीबासीको पहलमा १२ लाख १२ हजार २ सय आर्थिक जुटाएका छन् । जिर्ण अवस्थामा रहेको भवनलाई विस्थापन गरी स्थनीयको पहलमा शुरु भएको करिव ३ करोड लागतको ३० कोठे भवन निर्माणमा अभियानमा अमेरिकामा रहेका भकिम्लीका याम पुनसहित १३ जना यूवाको पहलमा उक्त रकम संकलन गरिएको आर्थिक शनिबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक रामबहादुर पुनले गाउँ देखी प्रवाससम्म रहेका भकिम्लीबासीको सहयोगबाट विद्यालयको भवन निर्माणकार्यले तिब्रता पाएपनि बेलाबेलामा आर्थिक संकटको सामना गर्नुपरेको बताए । उनले खाद्यन्न साम्रागीको विक्री गरेर समेत स्थानीयले आफ्नो क्षमता अनुसार सहयोग गरेको स्मरण गदैं भूकम्प प्रतिरोधात्मक १० कोठे भवन निर्माणको क्रममा ७६ लाख खर्च भएर पनि २० लाख ऋण रहेको उनले बताए । सोही अवसरमा अमेरिकामा रहेका गोर्कण श्रीष मगर, याम पुन, विकास घर्तीमगर, दिपिका छन्त्याल, मोहन रोका, भिमा पुन, शान्ति श्रीष मगर, कमल सुबेदी, प्रेम सुबेदी, कृष्ण थापा मगर, राम श्रीष मगर र इन्द्र थापा मगरका अभिभावकलाई सम्मान गरिएको थियो । सोही अवसरमा भवन निर्माणमा सक्रिय रहेका पुर्ण बहादुर पुनले तीन करोड लगानीमा स्थानीयले अभियानको सुरुवातको क्रममा धेरै संघर्ष गर्नुपरेको स्मरण गदैं भकिम्लीबासीको पसिनामा निर्मांणधिन भवनले भावि सन्ततीलाई गुणस्तरीय शिक्षाका लागि सहज हुने बताए । कार्यक्रममा गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङका विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले शैक्षिक गुणस्तर बढाउन भौतिक पुर्वाधारको समेत महत्वपुर्ण भूमिका रहने बताए । कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला शिक्षा कार्यालयका स्रोतब्यक्ती दुर्गाराम सुबेदीले भवन निर्माणमा सहयोगी भूमिका खेल्नेलाई धन्यवाद दिए । विद्यालयका पुर्व प्रअ समेत रहेका सुबेदीले जिल्ला शिक्षा कार्यालयबाट भवन निर्माणमा करिव २० लाख सहयोगले राहत पुगेपनि अझै सहयोगको आवश्यकता रहेको बताए । सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समाजसेवी जंगबहादुर श्रीष, सञ्चालन शिक्षक भोजबहादुर जिसी र अध्यक्षता विब्यस अध्यक्ष पदम पुनले गरेका थिए । विद्यालयको भवन निर्माणमा अझै दुईकरोड भन्दा धेरै आवश्यकता रहेको छ ।