बागलुङ, ३ बैशाख – माओवादी केन्द्रको बागलुङ नगरपालिका स्तरीय भेला शनिवार सम्पन्न भएको छ । भेलामा बोल्दै प्रचार प्रमुख कृष्ण केसीले जुन उद्धेश्यले १० बर्ष सम्म जनयुद्द लडिएको थियो, त्यही उद्धेश्यका साथ पार्टी संगठन निर्माणमा पनि लाग्न आग्रह गरेका छन् । उनले माओवादीले उठाएका एजेण्डाहरु संविभानसभा मार्फत स्थापित गराईएको बताए । ती एजेण्डालाई गाउँ तह सम्म लगेर संस्थागत गर्नका लागि फेरी एकपटक सक्रिय बन्नुपर्नेमा जोड दिए । पछिल्लो समय पार्टी संगठनमा कमजोर भएको आरोप खेपेको माओवादीमा निष्कृयता बढेको पनि सहभागिले बताएका थिए । कार्यक्रममा यज्ञवल्लभ शर्माले पनि जनयुद्दकै समयको सक्रियता र चासो आवस्यक परेको धारणा राखे । उनले आफ्नै दलको सरकार भएर पनि गरेका कामको प्रचार गर्न नसक्दा जनताले पत्याउन समस्या परेको पनि बताए । भेलाले स्थानीय तह निर्वाचनका लागि उमेदवारीका लागि छलफल चलाएको बताइएको छ । माओवादीले केही दिनदेखि सबै नगर र गाउँपालिकामा अगुवा कार्यकर्ता भेला संचालन गर्दै आएको छ । सबै भेला सकेपछि उमेदवारको अन्तिम नामाबली सार्वजनिक गर्ने योजना रहेको नगर अध्यक्ष कुमारविक्रम क्षेत्रीले बताए ।