बागलुङ, ३१ चैत-माओवादी केन्द्रको जनआधार भएको ताराखोला गाँउपालिका वडा नम्बर ४ को ३० गते बसेको बैठकले सर्वसहमतीमा उम्मेदवार टुंग्याएको छ । बैठकले वडा ४ को अध्यक्षमा जितबहादुर खत्री, महिला तथा दलित सदस्यमा धनमाया विक, महिला सदस्यमा सपनादेवी बुढाथोकी, सदस्यमा कुलबहादुर खत्री, ओमबहादुर घर्तीलाई उम्मेरवार बनाउने टुंगो लगाएको लगाएको प्रेस सेन्टर ताराखोलाका अध्यक्ष पुर्णभद्र निउरेले जानकारी दिए । साविक तारा गाविस अन्तरगत वडा नं. ९, ४ र ३ वडा मिलेर बनेको ताराखोला गाँउपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रले सहमतिमा उम्मेदवारी टुग्याएको हो । अन्य वडाको तुलनामा वडा ४ मा अत्याधिक बहुमतले आफुहरु विजयी हुने उम्मेदवार जितबहादुर खत्रीको दाबी छ । खत्री विद्यार्थी कालदेखी माओवादी पार्टीमा सक्रिय छन् । खत्री साविक तारा–९ तारागाँउमा जन्मिएका हुन । आई ए उत्तीर्ण खत्री जनयुद्धमा विभिन्न मोर्चामा सहभागी भई पार्टीको काम गरेका छन् । यस्तै, महिला सदस्य सपनादेवी बुढाथोकी सामाजिक क्रियाकलापमा सक्रिय छिन् । साबिक तारा गाविस–५ गुरुङखोला घर भएकी बुढाथेकी पार्टीमा सक्रिय महिला मुक्तिको लागि काम गर्दै आएकी छिन् । धनमाया विक पनि पार्टिमा सक्रिय छिन् । कुलबहादुर खत्री भने विभिन्न संघ संस्थामा आवद्व भई गाउँको विकासमा सक्रिय छन् । यता, ओमबहादुर घर्ति नवसृजना युवा क्लबको अध्यक्ष भई काम गरिरहेका छन् ।
Previous Articleविप्लव माओवादी सिंगामा पहिरो
Next Article ‘चुनावमा बालबालिकाको प्रयोग निषेध गर्नुपर्छ’