स्मार्टनेस तपाईको बोली वा पहिरनशैलीमा मात्र झल्कदैन, खाना खाने तौर–तरिकाले पनि देखिन्छ । खाना कसरी खाने ? यस सम्बन्धमा सदियौंदेखि आ–आफ्नै खाले अभ्यास हुँदै आएको छ । संसारमा अनेकन प्रकारका खाना हुन्छन् । त्यसलाई सेवन गर्ने मौलिक विधी हुन्छन् । खाना खानु भनेको भोक मेट्नु मात्र होइन, यो एउटा कला पनि हो । त्यसैगरी खाना खानका लागि तपाईले गर्ने तयारी, तपाईको पोजिसन, खाना खाइसकेपछि गर्ने क्रियाकलाप सबैको विशिष्ठ शैली छ । टेबल म्यानर्सः खाना खाने शैलीबाट थाहा हुन्छ, तपाई कति स्मार्ट हुनुहन्छ भन्ने कुरा । यदि तपाई कसैसँग डिनर गरिरहनुभएको छ भने डाइनिङ एटिकेट्सबाट उसलाई प्रभावित गर्न सक्नुहुनेछ । खाना खाएको समयमा टेबल म्यानरको ख्याल गर्नुभएन भने सबैको अगाडि लज्जित हुनुपर्ने अवस्था आउन सक्छ । बस्ने तरिकाः डाइनिङ टेबलमा शिष्टतापूर्वक बस्नुपर्छ । कुर्सीमा पलेंटी मारेर वा खुट्टा तन्काएर बस्नु हुँदैन । खाना खाने समयमा कुहिनालाई टेबलमा अड्याएर राख्नु पनि सभ्य मानिदैन । नेपकिनलाई खाना खानुअघि आफ्नो काखमा राम्ररी ओछ्याएर राख्ने । खाना खाने टेबलमा सिधा पोजिसनमा बस्नुपर्छ । खाने तरिकाः जतिसुकै भोक लागेपनि हतारमा खानु सभ्य तरिका होइन । खाना विस्तारै खानुपर्छ । एकैचोटी ठूलो गाँस मुखमा हाल्नु ठीक हुन्न । खाएको समयमा मुखबाट आवाज निकाल्नु हुन्न । खाना मुखमा राखेपछि ओंठ बन्द गरेर चपाउनुपर्छ । ब्रेक लिनुअघिः खाना खाने समयमा मोवाइल फोनको स्विच अफ गर्नुहोस् वा साइलेन्ट मोडमा राख्नुहोस् । यदि खाना खाइरहेको बेला जरुरी फोन आएमा वा उठ्नुपर्ने अवस्थमा ‘एक्सक्युज मी’ भनेर उठ्नुहोस् । खाना खाइरहेको समयमा उठ्नु परेमा तपाईको काटा वा छुरी पनि यस्तो पोजिसनमा राख्नुहोस्, ताकि सर्भ गर्ने व्यक्तिले पनि थाहा पाउनुपर्छ कि तपाईले ब्रेक लिनुभएको छ । खाना मन नपरेमा के गर्नेः यदि कुनै खानेकुरा तपाईलाई मन परेन भने सोझै त्यसलाई हटाउने होइन । बरु, थोरै माग्नुहोस् । यदि खाना खाएको समयमा दाँतमा केही अल्झिएमा औंलाले निकाल्नु हुन्न । बच्चालाई पनि सिकाउनुहोस्ः आफ्नो बच्चालाई पनि खानापानको शिष्टचार सिकाउनुपर्छ । खानेकुरा खाएको बेला सकेसम्म कम बोल्नुपर्छ । जब मुखमा खानेकुरा हुन्छ, तब बोल्नै हुँदैन । –एजेन्सीको सहयोगमा
Previous Articleम्याग्दीमा यस्ता छन् उम्मेदवारका आकांक्षी
Next Article अन्नपूर्ण आधार शिविरमा पदमार्ग