डिल्लीप्रसाद गौतम
नेता बन्नको लागि नीति अर्थात नियम र कानुन अनुसार चल्न सक्नुपर्दछ । जुन नेताले नीति अर्थात कानुन वा विधान अनुसार आफुले गर्नु पर्ने निर्णय उचित समयमा उचित तरिकाले सम्पन्न गर्न सक्दछ त्यो नै वास्तवमा नेता बन्न सक्दछ । उसो त अहिले मुलुक संक्रमणकालबाट गुज्रिरहेको छ । संक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै अहिले अवसरवादीहरु मौकामा चौका हान्ने दाउमा लागि रहेका छन् । चाहे त्यो राजनीति क्षेत्रमा होस् वा राज्य संचालनका हरेक नियमन निकाय किन नहोस् जो कोही पनि अवसरको खोजीमा छड्के नजर लगाइ रहेका छन् । मुलुक अहिले संविधान कार्यान्वयनको पहिलो खुट्कीला संघिय ढाँचा अनुसार स्थानिय निर्वाचनको लागि आवश्यक नीति, नियम पनि बनि सकेको र निर्वाचन आयोगले पनि सोही अनुरुप निर्वाचनका आवश्यक तयारी तिव्र रुपमा अगाडी बढाइरहेको छ । आम नागरिक निर्वाचनमा होमिइ सकेको अवस्थामा कतिपय दलहरुले गाउँपालिका तथा नगर र महानगरपालिका सम्म आफ्ना तर्फबाट आन्तरिक रुपमा उम्मेदवार छनोटको प्रक्रिया समेत अन्तिम तयारीमा पु¥याइसकेका छन् ।
यसरी मुलुक पूर्ण रुपमा निर्वाचनमय भै रहँदा केन्द्रिय स्तरमा भने राजनीतिक खिचातानी अझै बढेको छ । एकातिर संविधान संशोधनको विषयलाई लिएर मधेशवादी दलहरु निर्वाचनमा भाग नलिने सोचमा छन्भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले कुनै पनि हालतमा संविधान संशोधनको पक्षमा देखिदैन । यसरी दुई अतिवादको दवदवामा स्थानीय निर्वाचन परेको छ । सरकार गठनको बेलामा नै मधेशी दलको माग आफ्नो प्रमुख एजेण्डा बनाएर कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारको नेतृत्व सम्हालेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले मुकदर्शक बनेका छन् । पछिल्लो समय सम्म आईपुगदा उनका क्रियाकलाप हेर्दा उनीमा नेतृत्वदायी भुमिकामा प्रश्न चिन्ह खडा भै रहेको छ । के प्रचण्डमा निर्णय क्षमताको अभाव नै हो त ? होइन भने किन सिघ्र निर्णय गर्नु पर्ने विषयमा उनी रमिते बनीरहेका छन् ? पहिलो कुरा नेतृत्वकर्ताको हैसीयतले प्र.म. प्रचण्डले संविधान संशोधनको विषयलार्य के कसरी टुङ्गाउन सकिन्छ ? त्यसको निधान गरी मधेशी दललाई पनि स्थानिय निर्वाचनमा सहभागि हुने मार्ग प्रशस्त गर्नु आवश्यक छ । दोस्रो कुरा अहिले देश विदेशमा पनि अति नै चर्चा पाएको विषय मन्त्री मण्डलमा वरियताक्रमको विवाद दुई उपप्रधान मन्त्री विमलेन्द्र निधि र राजनीति क्षेत्रमा पक्का खेलाडी कमल थापाको विचको विवादले सम्पूर्ण नेपालीको मान मर्दन नै गर्दा समेत प्रधानमन्त्री प्रचण्डको शिर भने ठाडो नै छ किन ? के यो रणनीति नै हो त ? या त यो कथाका दुई पात्र निधी र थापाको जुँगाको लडाई मात्र ?
निर्वाचनको मुखमा आएर प्रधानमन्त्री प्रचण्डले राजनीतिका खेलाडी कमल थापालाई सरकारमा भित्रउनु र उपप्रधानमन्त्री बनाउनु । सरकारमा सहभागी भएको लगत्तै वरियाक्रमको विवाद हुनु र प्रधानमन्त्रीबाट समयमा निर्णय नहुनु । अहिले यही विवादका कारण लामो समय सम्म मन्त्री मण्डलको वैठक नै बसेको छैन भने समयमा मन्त्रीपरिषदबाट हुनु पर्ने महत्वपूर्ण विषयले निकाश पाउन सकिरहेका छैनन् । अझ चुनावको मुखमा मन्त्री परिषदबाट नियमित गर्नुपर्ने निर्वाचन सम्बन्धि निर्णइहरु समेत प्रभावित बनेका छन् । उसो त प्रधानमन्त्रीको अनुपस्थितिमा समेत मन्त्री परिषदबाट गर्नुपर्ने क्रियाकलाप पनि वरियताक्रम विवादले ओझेलमा परेका छन् । यसरी दैनिक कामकाज समेत प्रभावित भै रहँदा प्रधानमन्त्री ‘काम कतव्र्य विमुद’को अवस्थामा छन् । मन्त्री मण्डलमा अहिले यस्तो लाग्दछ की कुकुरले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले कुकुर हल्लाईरहेको छ । अहिले सरकार नै सायद कमल थापाको छायाँमा परेको छ । जब कुकुरलाई पुच्छरले हल्लाउन थाल्दछ त्यसलाई डाक्टरी भाषामा शरिरका अङ्गहरु मध्य काम गर्नैपर्ने अङ्गले नगरेको र नगर्नुपर्ने अङ्गले काम गर्न पुगेको भनिन्छ । त्यसै गरी हाम्रो ज्योतिसिय भाषामा कुकुरले पुच्चर हल्लाउनु पर्नेमा पुच्छरले कुकुर हल्लाउनुलाई अन्यन्तै अशुभ मानिन्छ । त्यसैले मुलुक अहिले कठिन मोडमा छ । संविधान कार्यान्वयन भै रहेको छैन । संविधान कार्यान्वयनका लागि हुनुपर्ने तिन तहको निर्वाचन मध्य संघिय मोडलको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा मन्त्री परिषदले निहुँ महत्वपूर्ण निर्णय गर्नुपर्ने र दिनहुँ मन्त्री परिषद् बैठक बस्नुपर्ने अवस्थामा दुई जुँगाको लडाईले लामो समयसम्म बैठक नै बस्न नसक्नु दुर्भाग्य नै हो । अझै महत्वपूर्ण कुरा त के भने जनता निर्वाचनमा कोमीई सक्दा सरकार भने अस्थिर बनेको छ । यि दुई जुँगाको लडाईले कति बेला सरकार नै विघटनको संघारमा पुग्ने हो ? मुलुकमा स्थानिय निर्वाचन हुने हो वा हैन ? आदी प्र्रश्नहरु उब्जिरहेका छन् । तसर्थ प्रधानमन्त्री प्रचण्डले नेतृत्वकर्ताका हैसीयतले उचित समयमा यि प्रश्नहरुको सम्बोधन र समाधान गरि सरकारको सम्पूर्ण शक्ति स्थानिय निकायको निर्वाचन तर्फ केन्द्रित गरी मुलुकलाई निकाश दिनुपर्दछ ।
Previous Articleभारतले सिक्नु पर्दछ
Next Article अन्तर्घात भएन भने हामीलाई कसैले सक्दैन – देउवा