बागलुङ, २९ चैत – नेपाली काँग्रेसले तमानखोला गाउँपालिकामा प्रमुख र उपप्रमुख सहितका सबै पदमा उम्मेदवारी चयन गरेको छ । तीन दिनदेखि जारी काँग्रेसको भेलाले सहमतिमै उम्मेदवारको टुंगो लगाएको काँग्रेस तमानखोला गाउँपालिकाका अध्यक्ष खगेन्द्रमान पुनले बताए । भेलाले गाउँपालिका प्रमुखमा नेवि संघका उपाध्यक्ष रहिसकेका जोकलाल बुढा मगर र उप्रमुखमा मानसरी शेरचनलाई टुंगो लगाएको हो । यस्तै वडा नं. १ को अध्यक्षमा धर्मबहादुर घर्तीमगर, सदस्यमा टेकबहादुर अर्गेजा, कुठवीर विक, रितादेवी रोका र हिमसरा विक रहेका छन् । वडा नं. २ को अध्यक्षमा जालप्रसाद छन्त्याल र सस्यमा ढालेन्द्र छन्त्याल, मोहनकुमार घर्ती, दालमाया विक राजकुमारी थापा रहेका छन् । वडा नं. ३ को वडा अध्यक्षमा गीरबहादुर घर्ती, सदस्यमा गोविन्द बुढा, मनकुमारी बुढाथोकी, झरना सिर्पाली, होमबहादुर घर्ती चयन भएका हुन् । यस्तै वडा नं. ४ मा वडा अध्यक्ष तुलसींह सिर्पाली र सदस्यमा चुडामणी सिर्पाली, देउकुमारी छन्त्याल, चन्द्रबहादुर छन्त्याल र मनकुमारी हर्मेल चयन भएका छन् । वडा नं. ५ मा वडा अध्यक्ष हिराबहादुर विक सिर्पाली, सदस्यमा लिला छन्त्याल रहेका छन्भने महिला सदस्य छनौट हुन बाँकी रहेको छ । वडा नं. ६ मा वडा अध्यक्ष कुलबहादुर छन्त्याल, सदस्यहरुमा लोकबहादुर छन्त्याल, थमप्रकाश रसाईली रहेका छन्भने महिला सदस्यको विषयमा छलफल भईरहेको पुनले जानकारी दिए ।
यसैबीच, राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको वैठकले जिल्लाभरका समन्वय समिति मार्फत प्राप्त भएका सिफारिसका आधारमा १० स्थानीय तहका लागि ६० जना प्रमुख तथा उपप्रमुखको नाम टुंग्याएर केन्द्रमा पठाएको छ । जिल्लामा रहेका चार नगरपालिका र ६ गाउँपालिकाका लागि प्रमुख तथा उपप्रमुखका सम्भाव्य ६० जना उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरि पठाइएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा मगरले बताए । राजमोका अनुसार, बरेङ गाउँपालिकामा कृष्ण पौडेल, हिराबहादुर थापा, हिराबहादुर पुन, डिलकुमारी पुन लगायतको नाम पठाइएको छभने जैमुनी नगरपालिकामा नरबहादुर पुन, कृष्ण थापा, डिलबहादुर श्रीस, लिलादेवी शर्मा, डिलकुमारी श्रीस, बागलुङ नगरपालिकामा लक्ष्मी बाँस्कोटा, घनाश्याम बिक, लोकनाथ शर्मा लगायतलाई सिफारिस गरिएको छ । यसैगरि, काठेखोला गाउँपालिकामा अर्जुन केसी, टिकासंगम बिक, लक्ष्मण पुन, सिता किसान, कमला पुन, ताराखोला गाउँपालिकामा तिर्थसिहं थापा, भिमबहादुर चोखाल, रामबहादुर खत्री सहितको नाम सिफारिस गरिएको छ । गलकोट नगरपालिकामा टकं केसी, नेत्र बुढाथोकी, पदम श्रेष्ठ, बडिघाट नगरपालिकामा भिमसेन बन, रामप्रसाद भट्टराई, रुनमाया थापा, कोपिला थापा, बिष्णु थापा, ढोरपाटन नगरपालिकामा गौरिश्वर पाण्डे, टेकबहादुर घर्ति, धनबहादुर अदै, दुर्गादेवी घर्ति, निसीखोलामा खिमबिक्रम शाही, थमन बुढा, मुक्तबहादुर सिहं तथा तमानखोला गाउँपालिकामा डोरबहादुर क्षत्री, बमकुमारी बुढा, बिरबहादुर बिकसंगै ६ जनाको नाम सिफारिस गरिएको छ ।
Previous Articleआवास पुर्ननिर्माण अनुदान सम्झौता
Next Article महासंघको अध्यक्षमा राणा र वरिष्ठ उपाध्यक्षमा गोल्छा