काठमाडौं, २८ चैत – प्रहरी महानिरिक्षक नियुक्तिको मन्त्रिपरिषदको निर्णय सर्वोच्च अदालतले उल्ट्याएको २१ दिनपछि मन्त्रीपरिषद्ले प्रकाश अर्याललाई महानिरिक्षकमा नियुक्त गरेको छ । यसअघि सरकारले माघ २० मा डिआईजी जयबहादुर चन्दलाई महानिरिक्षक नियुक्त गर्न गरेको निर्णय सर्वोच्च अदालतले उल्ट्याएको थियो ।
नवनियुक्त महानिरिक्षक अर्याललाई अाजै फूली लगाउनका लागि गृह मन्त्रालयले गृहका उच्च अधिकारी लगायत नेपाल प्रहरीका उच्च अधिकारी, सशस्त्र प्रहरीका उच्च अधिरकारी र राष्ट्रिय अनुसन्धानका उच्च अधिकारीलाई मन्त्रालय बाेलाएकाे छ । चन्दलाई महानिरिक्षक बनाए लगत्तै मन्त्रिपरिषद्को निर्णय विधीसम्म नरहेको भन्दै डिआईजी नवराज सिलवाल निर्णय खारेज गरीपाउँ भन्दै विरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्च अदालतले तत्कालै महानिरिक्षक नियुक्तीको सरकारी निर्णयलाई अल्पकालिन अन्तरिम आदेश दिएर रोकेको थियो । ८ चैतमा सर्वोच्चले कार्यसम्पादन मुल्याकंनकै ख्याल नगरी मन्त्रीपरिषद्ले गरेको नियुक्ती विधीसम्म नभएको ठहर गर्दै कार्यसम्पादनका आधारमा पुन: नियुक्त गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि चन्दको पदवहाली रोकिएको थियो । फाुगन २ गते प्रहरी प्रधान कार्यालयबाट प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल विदाई तथा पद हस्तान्तरण कार्यक्रममा समेत अन्यौल देखिएको थियो । महानिरिक्षक नियुक्तीको विवादमा फसेको सरकारले प्रहरी नियमावली नै संसोधन गरेर निमित्तको जिम्मेवारीमा प्राविधिक तहका एआईजी दिनेशचन्द्र पोख्रेललाई सुम्पेको थियो ।
महानिरिक्षकको नियुक्ती पाएका ५३ वर्षे अर्याल दाङ त्रिभुवन नगरपालिका वडा नम्बर ११ मा जन्मेका हुन् । २०६९ पुष ४ मा डिआईजीमा बढुवा भएका अर्यालले पछिल्लो समय महानगरिय ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय उनले अपराध अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी पाएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका अर्यालले आजैबाट कार्यभरा सम्हाल्ने छन् ।
प्रकाश अर्याल प्रहरी महानिरिक्षकमा नियुक्त
Previous Articleनयाँ संविधान संशोधन प्रस्ताव लैजाने मन्त्रिपरिषदको निर्णय
Next Article चैत्राष्टमी मेलाको आय–व्यय सार्वजनिक