काठमाडौं, २७ चैत – सरकारले एमाले र मधेसी मोर्चा दुवैसँग समन्वय गरी संविधान संशोधन विधेयकको नयाँ मस्यौदालाई अन्तिम रूप दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद् बैठक राखेर त्यसलाई अघि बढाउने तयारी गरेका छन् । उनले कानुनमन्त्री अजयशंकर नायक र केही कानुनविज्ञलाई मस्यौदा तयार पार्ने जिम्मेवारी दिएका थिए । दाहालले प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चा दुवै पक्षसँग आन्तरिक कुराकानी गरी मस्यौदा तयार पारेको भन्दै अब यसमा राष्ट्रिय सहमति बन्ने दाबी गरे । ‘आजै (शनिबार) मैले अर्को नयाँ संविधान संशोधन विधेयकको मस्यौदा तयार पारेको छु, यो प्रस्ताव मधेसी मोर्चासँग गरेको छलफलमा आधारित छ, एमालेसँग पनि गरेको छलफलमा आधारित छ,’ शनिबार रिपोर्टर्स क्लबको १९ औं वार्षिकोत्सवमा बोल्दै दाहालले भने, ‘त्यसैले यो राष्ट्रिय एकताको संशोधन प्रस्ताव हुन्छ । देशको हित चाहने, संविधान कार्यान्वयन र चुनावको पक्षमा रहनेहरूले यसलाई समर्थन गर्नेमा म विश्वस्त छु ।’ दाहालले मधेसी मोर्चासहित असन्तुष्ट सबै पक्षलाई अब चुनावी माहोलमा सँगै लिएर जाने भन्दै विधेयक त्यसैका लागि संसदबाट फिर्ता लिन लागिएको, सट्टामा अर्को सहमतिको विधेयक लैजान आँटेको तर्क गरे । प्रतिपक्षी एमाले र मोर्चा दुवैले आफूहरूसँग प्रधानमन्त्री वा सरकारी पक्षबाट हालसम्म विधेयकबारे समन्वय नगरिएको दाबी गरेका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले
Previous Article२७ चैत २०७३, ढोरपाटन दैनिक
Next Article नेपाली कांग्रेसको चुनावीसभा केलालीबाट सुरु